ताजा समाचार

जनचेतनामुलक कार्यक्रम सम्पन्

  • कार्तिक १७, २०७९
  • १०३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल कार्तिक १७ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज मिति २०७९।०७।१६ गते जिल्ला सिरहा भगवानपुर गाउँपालिका वडा नं. ०४ स्थित भगवानपुर बजारमा प्रहरी चौकी ठाडी सिरहाको आयोजनामा उक्त वडाको वडा अध्यक्ष राम कुमार यादवको अध्यक्षतामा प्रहरी जनशक्तिहरु, स्थानिय भद्रभलादमीहरु, युवायुवतीहरु बुद्धीजिवीहरु, महिला तथा पुरुषहरु समेतको उपस्थितीमा “मानव वेचविखन तथा ओसार पसार बिरुद्धको जनचेतनामुलक कार्यक्रम”सम्पन्न गरिएको थियो । कार्यक्रममा प्रहरी सहायक निरिक्षक अमोद साफीले मानव बेचविखन तथा ओसार-पसार बिरुद्धको बारेमा जानकारी तथा वैदेशिक रोजगारको प्रलोभन दिई अन्य देश लगि वेचबिखन गर्न सकिन्छ ?, गाँउघरमा अपरिचित व्यक्ति आई बैदेशिक रोजगारको प्रलोभन वा कुनै किसिमको प्रलोभन देखाएमा प्रलोभनमा नपरी सोको बारेमा नजिकको प्रहरीलाई जानकारी गराउने तथा कानुनी प्रावधान बारेमा समेत जानकारी गराई कार्यक्रम समाप्त भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤