साईवर अपराध बिरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न

  • कार्तिक १५, २०७९
  • ९५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल कार्तिक १५ धनगढीमाई हात्तिढुङ्गा । सिरहाको सुखीपुरमा साईबर अपराध विरुद्धको चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । समुदाय- प्रहरी साझेदारी अवधारणा अन्तर्गत आज मिति २०७९।०७।१५ गते सिरहाकाे सुखिपुर नगरपालिका वडा नं.०२ स्थित श्री राम जानकी माध्यमिक विद्यालय सिरहाको प्राङगणमा ईलाका प्रहरी कार्यालय सुखिपुरको आयोजनामा उक्त विद्यालयको प्रधानध्यापक राम प्रताप यादवको अध्यक्षतामा प्रहरी जनशक्तिहरु, विद्यालयका शिक्षक/शिक्षिकाहरु, अभिभावकहरु तथा कक्षा ९ र १० का छात्र र छात्राहरु समेतको उपस्थितिमा प्रहरी-विद्यालय सम्पर्क कार्यक्रममा साईवर अपराध बिरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा प्रहरी बरिष्ठ नायव निरिक्षक राम नारायण यादवले समाजमा रहेको सामाजिक संजालको बढदो दुरुपयोगको अवस्था, साईवर अपराध कसरी हुन जान्छ, समाजमा अभिभावकहरुको दायित्व, सामाजिक संजालबाट हुन सक्ने अपराधबाट कसरी बच्ने तथा कानूनी प्रावधानको बारेमा समेत जानकारी गराई कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाबाट मृ ...

ओम प्रकाश यादव लहान, कात्तिक ८ । लहान नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन् ...

पूर्व स्ववियु सभापति ...

लहान, कात्तिक ८ । जे.एस. मुरारका बहुमुखी क्याम्पस लहानका पूर्व स्ववियु सभापति रामकृष्ण यादवको पहलमा ...

भव्य र सभ्य तरिकाले ...

अजय मिश्र, कपिलवस्तु , कार्तिक ८। कपिलवस्तुको कृष्णनगर लगायत विभिन्न स्थानमा लक्ष्मी पूजाको आवसरमा स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१