Siraha Times
ताजा समाचार

सप्तरीमा बेल्ही प्रहरीद्वारा स्थानीयलाई दुर्व्यवहार पचास नदिदा फलफुलको ठेला फुटायो

  • कार्तिक १४, २०७९
  • १३४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार लहान /१४ कातिक। सप्तरीको बलान बिहुल गाउँपालिकास्थित प्रहरी चौकी बेल्हीले कात्तिक १३ गते शनिबार एक स्थानीयलाई दुर्ववहार सँगै भत्ता मासिक दिनहुँको टिप्स नदिदा प्रहरीले ठेला पल्टाइ दिइएको छ। २०७९-०७-१२ गते शनिवार बिहान १० बजे तिर बलान बिहुल गा.पा.-४, बेल्हीमा प्रहरी चौकी बेल्हीका प्रहरीले (बेल्ही निवासी एकजना अपांग व्यक्ति रबिन्द्र कापैरले आफ्नो जीविकोपार्जन गर्न छठ पर्वलाई लक्षित गर्दै साईकलमानै टोलटोलमा फलफूल बेच्न निस्किएको बेला ) प्रहरी चौकीको अगाडी सड़कमा सबै फलफूलहरु पल्टाएका थिए। फलफूल टोलटोलमा बेचेर आफ्नो जीविकोपार्जन गर्न निस्केका सो अपांग ब्यक्तिले आफुले रु. ५० नदिँदा मेरो सबै फलफूल सड़कमा फालेको र दुर्व्यहवार गरेको दुःख व्यक्त गरे। जनताको आक्रोष पछि त्यहाँ भएका म्यादि प्रहरीले फलफूल टीपे। ठुलो व्यपारीलाई स्वागत गर्ने यहाँका स्थानीय एकजना अपांगले आफ्नो जीविकोपार्जनको लागि साईकलमा फलफूल बेच्दा प्रहरीले यस्तो अपमानजनक दुर्व्यहवार गर्दा यहाँका युवाहरु धेरै आक्रोषित समेत भएका थिए। प्रहरी चौकी बेल्हीको इन्चार्जको उपस्थितिमा पनि यस्तो घिनलाग्दो अपमानजनक क्रियाकलाप हुँदा समेत इन्चार्ज मौन बस्नु निन्दनीय छ। यस्ता कार्यमा सँगलग्नलाई यथाशीघ्र कानून बमोजिम कारवाहीको लागि सम्बन्धित स्थानीय सरकार र सरोकरवालाहरुको ध्यानकर्षण लागि अप्पन बेल्ही युवा क्लब सप्तरीले अनुरोध गरेका छन ।

Open photo

क्लबले यस्ता क्रियाकलापमा संग्लन सबै दोषी प्रहरी-प्रशासनहरुलाई कानुन बमोजिम कारवाहीको माँग गरेका छन । कानुनका रक्षकहरु स्वयम् भक्षक हुँदा एउटा गरीवले पनि आफ्नो जीविकोपार्जन गर्न साना ब्यापार गर्न पनि समेत यो ५० गुंडागर्दी शुल्क तिर्नु परेको छ। तत्काल यस्ता भ्रष्ट पुलिस प्रशासनलाई कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय सप्तरी र स्थानीय सरकारलाई अप्पन बेल्ही युवा क्लब सप्तरीका अध्यक्ष रोशन यादव अनुरोध गरेका हुन। निन्दनीय काम प्रति र यस्ता भ्रष्ट प्रहरी माथि सम्बन्धित निकायले अबिलम्ब करबाही गरोस् हैन भने बलान बिहुल गाउँ पालिका का सम्पुर्ण चेतनशील युबाहरु यस्ता भ्रष्ट प्रहरीलाइ तह लगाउने क्षमता राखेको बताए । यस तर्फ तत्काल स्थानिय सरकारको ध्यानाकर्षण हुनु र भ्रष्ट प्रहरीहरु माथि कार्यवाही प्रकृिया अगाडि बढोस् ताकी आम जनतालाई जनता राजको अनुभुती होस अप्पन बेल्ही युवा क्लब सप्तरीका सचिब बिजय यादवले आक्रोश पोखे । भन्सारको नाममा आम जनता माथी नेपाल प्रहरी र सशस्त्र को ज्यादतीले चरम सिमा नाघेको देखिन्छ । वास्तवमा यी जनाताका सुरक्षाका लागि खटिएकाहरु जनतकै भक्षक भएको देखिन्छ । यी र यस्ता क्रियाकलाप प्रति अप्पन बेल्ही युवा क्लबले घोर आपत्ति सँगै स्थानीय स्तरका जनप्रतिनिधिहरुको आँखा यस तर्फ केन्द्रित होस। जनप्रतिनिधिलाई भोट हालेर जिताउने जनताको पीडालाई महसुस गर्नुस र यीनको जीवनयापनलाई सहज पार्ने जनप्रतिनिधिहरुको मुख्य कर्तव्य रहेको बताए । गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवसँग क्लबको अनुरोध र तत्काल भ्रष्ट इन्चार्जलाई बिभागीय कारबाही गर्न समेत आग्रह गरे । अप्पन बेल्ही युवा क्लब सप्तरीका जन्मदाता तथा क्लबका प्रमुख सल्लाहकार ई. प्रदीप यादवले आपत्ति जनाएको छ र जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपीलाई अबिलम्ब कारबाही गर्न अनुरोध समेत गर्नु भएको ई. प्रदिप यादवले बताए ।

 

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश्रम मुक्त नगरपालिका ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१