साईवर अपराध सचेतनामुलक कार्यक्रम सम्पन्न

  • कार्तिक १०, २०७९
  • ७४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल कार्तिक १० । सिराहा प्रहरीद्धारा साइबर अपराध विरुद्धको चेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत गत कार्तिक ०८ गते सखुवानान्कारकट्टी गाउँपालिका वडा नं.०१ मौवाही स्थित प्रहरी चौकी सितापुर सिरहाको आयोजनामा उक्त वडाका वडा अध्यक्ष संजय कुमार यादवको अध्यक्षतामा प्रहरी जनशक्तिहरु, बुद्धिजिवीहरु, समाजसेवीहरु समेतको उपस्थितिमा “साईवर अपराध बिरुद्धको सचेतनामुलक कार्यक्रम” गरिएको छ । उक्त कार्यक्रममा प्रहरी सहायक निरिक्षक राजेन्द्र कटुवालले समाजमा रहेको सामाजिक संजालको बढदो दुरुपयोगको अवस्था, यसले हाम्रो समाजमा सिर्जना गर्ने विकृतीका साथै साईवर अपराध कसरी हुन्छ ? सामाजिक प्रभाव, समाजमा अभिभावकहरुको दायित्व, सामाजिक संजालबाट हुन सक्ने अपराध तथा कानूनी प्रावधानको बारेमा जानकारी गराई कार्यक्रम समाप्त गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहाका मालपोत प्रमु ...

रहमुल लहान २५ मंसिर । भूमिसुधार तथा मालपोत कार्यालय, सिरहाका प्रमुख मालपोत अधिकृत ध्रुवप्रसाद कोइराल ...

नेशनल मेडिकल कलेज र ...

वीरगंज २४ मंसिर। नेशनल मेडिकल कलेज प्रा.लि. तथा नेशनल इन्फोटेक कलेज (एनआई कलेज) बीच स्वास्थ्य सेवा स ...

श्रम संस्कृति पार्टी ...

रहमुल,लहान २४ मंसिर। श्रम संस्कृति पार्टीले सिरहाको कल्याणपुरमा संगठन विस्तार र जनसंपर्क सुदृढीकरण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१