ताजा समाचार

साईवर अपराध सचेतनामुलक कार्यक्रम सम्पन्न

  • कार्तिक १०, २०७९
  • ८७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल कार्तिक १० । सिराहा प्रहरीद्धारा साइबर अपराध विरुद्धको चेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत गत कार्तिक ०८ गते सखुवानान्कारकट्टी गाउँपालिका वडा नं.०१ मौवाही स्थित प्रहरी चौकी सितापुर सिरहाको आयोजनामा उक्त वडाका वडा अध्यक्ष संजय कुमार यादवको अध्यक्षतामा प्रहरी जनशक्तिहरु, बुद्धिजिवीहरु, समाजसेवीहरु समेतको उपस्थितिमा “साईवर अपराध बिरुद्धको सचेतनामुलक कार्यक्रम” गरिएको छ । उक्त कार्यक्रममा प्रहरी सहायक निरिक्षक राजेन्द्र कटुवालले समाजमा रहेको सामाजिक संजालको बढदो दुरुपयोगको अवस्था, यसले हाम्रो समाजमा सिर्जना गर्ने विकृतीका साथै साईवर अपराध कसरी हुन्छ ? सामाजिक प्रभाव, समाजमा अभिभावकहरुको दायित्व, सामाजिक संजालबाट हुन सक्ने अपराध तथा कानूनी प्रावधानको बारेमा जानकारी गराई कार्यक्रम समाप्त गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤