नेपाल सरकारको पुर्व सचिव र दलित बालबालिका तथा समुदायको अगुवा संग अन्तक्रिर्या कार्यक्रम

  • कार्तिक ५, २०७९
  • ६७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पर्सा ५ कार्तिक पिसफोर दलितस फाउन्डेसन नेपाल,मधेश प्रदेश,पर्साले विगतको वर्ष देखि पर्सा जिल्ला लगायत मधेश प्रदेशको ८ वटा जिल्लामा दलित समुदायको शिक्षा , समानता , सशक्तीकरण , सामाजिक स्वतन्त्रता तथा जातीय भेदभाव तथा छुवाछूत विरुद्ध विभिन्न कार्यक्रम संचालन गर्दैआएको छ। पुर्व नेपाल सरकारको सचिव डा. मान बहादुर बाके ज्युले पिसफोर दलितस फाउन्डेसन नेपालले गरेको कामको अनुगमन गर्नु भएको छ। यस संस्थाले पर्सा जिल्लाको ४ स्थानमा दलितको बालबालिकाको शिक्षामा पहुँचको लागि निशुल्क टियुसन कक्षा केन्द्र संचालनमा रहेकोे छ। जस मध्ये पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका-३,कौवाबन कटैयाको बालबालिका , अभिभावक बीच छलफल तथा अन्तरक्रिया गर्नु भएको छ। दलित बालबालिका शिक्षामा पहुँच , शैक्षिक समस्या , बालबालिकाको स्थिति , बालबालिकाको माथिको हिंसा , बाल श्रम शोषण , बाल मजदुर तथा दलित समुदायको बालबालिकाको स्थिति बारे छलफल ,अन्तरक्रिया तथा अनुसन्धान गर्नु भएको छ।

त्यसैगरी पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिकाको दलित समुदायको अगुवा ,निर्वाचित दलित , दलित समुदायको नागरिकता ,दलित समुदायको बालबालिकाको जन्म दर्ताको बारे जनप्रतिनिधि, अभिभावक बीच अन्तरक्रिया , सुझाव तथा छलफल भएको छ। नेपाल सरकारको पुर्व सचिव डा. मान बहादुर विश्वाकर्मा ज्युले दलित समुदायको राजनीतिमा पहुँच , स्थानीय निर्वाचनमा पहुँच , प्रतिनिधि सभा र प्रदेश सभामा दलित समुदायको प्रतिनिधित्व बारे कार्यपत्र प्रस्तुत गर्नु भएको छ। यस कार्यक्रममा दलित समुदायको स्थिति , छुवाछूत , स्थानीय सरकारमा दलित पहुँच , दलित मैत्रीपुर्ण बजेट , दलित समस्याको समस्या तथा आगामी कार्य योजना बारे छलफल भएको छ। नेपाल सरकारको पुर्व सचिव डा. मान बहादुर बिक ज्युलाई पिसफोर दलितस फाउन्डेसन नेपालले सम्मान पत्र तथा गम्छा ओढाएर सम्मानित गरिएको छ। उहाँले समाजको सशक्तीकरण , सेवा , सहयोग र जन वकालत गरेकोले सम्मानित गरिएको छ। नेपाल सरकारको सचिव पदमा पुगेर डा. मानबहादुर बीके १ वर्षअघि सेवानिवृत्त भए । नेपालको इतिहासमा दलित समुदायबाट नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी (सचिव) मा पुग्ने पहिलो व्यक्ति पनि हुन् डा. बीके । त्यो पदमा पुग्न उनले जीवनका उकाली/ओराली, परिश्रम अनि धेरै पसिना बगाए ।

दलित, त्यसमाथि विपन्न परिवारमा हुर्किएर उनी विक्रम संवत् २०४३ सालमा सहलेखापाल अर्थात् खरिदार पदबाट निजामती सेवामा प्रवेश गरी खुला प्रतिस्पर्धाबाट २०४७ सालमा शाखा अधिकृत हुँदै महानिर्देशक, केही जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ), लुम्बिनी र कर्णाली प्रदेशमा प्रदेश सचिव र बागमती प्रदेशको प्रमुख सचिव भएर २०७८ वैशाखमा ३५ वर्षे सेवा अवधि पूरा गरी अवकाश भएका हुन् । उनको जीवनले धेरैलाई बाटो देखाउन सक्छ । विशिष्ट क्षमता भएका डा. बीके वित्तीय सुशासन र समावेशी आर्थिक विकासका क्षेत्रमा निकै दक्खल राख्छन् । पाल्पाको तत्कालीन देउराली गाविस (हाल रिब्दीकोट गाउँपालिका) मा जन्मिएका उनी सेवानिवृत्तपछि पनि अध्ययन/अध्यापन र अनुसन्धानमा नै सक्रिय रूपमा लागेका छन् ।

दलित समुदायको लागि सेवा , सहयोग , सशक्तीकरण , समानताको लागि तथा शिक्षाको लागि गाउँ गाउँ , दलितको टोल टोल बस्ती,बस्तिमा पुगेर परिवर्तन तथा रुपान्तरणमा सक्रिय रहनु भएको छ यस कार्यक्रमको अध्यक्षता कटैया गाउँको दलित अगुवा टुअर महरा चमार ज्यु , प्रमुख अतिथि डा. मान बहादुर बिक , विशिस्ट अतिथि दलित महिला सदस्य सुरस्वती देवी राम, फाउन्डेसनको उपाध्यक्ष अध्यक्ष चन्द्रकिशोर राम, पारमानन्द राम, सुरेन्द्र पासवान , अशोक राम , दीपेन्द्र राम लगायतको उपस्थित रहेकोे थियोे । पिसफोर दलितस फाउन्डेसन नेपाल , मधेश प्रदेश, पर्साको अध्यक्ष मनोज राम ज्युले सहजीकरण गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस

जसपाको प्रथम जिल्ला ...

ओम प्रकाश यादव लहान वैशाख ९ । संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादलाई मूल नाराका रूपमा अघि सारेक ...

जसपाको प्रथम जिल्ला ...

ओम प्रकाश यादव लहान वैशाख ९। संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादलाई मूल नाराका रूपमा अघि सारेको ...

किर्ते जालसाजी मुद्द ...

Translator       रहमुल लहान  वैशाख ८। सिरहाको नवराजपुर गाउँपा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१