Siraha Times
ताजा समाचार

सवारी दुर्घटना न्युनिकरण जनचेतनामुलक कार्यक्रम सम्पन्न

  • कार्तिक ५, २०७९
  • ९६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल कार्तिक ५ । सिरहा प्रहरी कार्यालय द्वारा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सडक दुघर्टना न्यूनीकरण कार्यक्रम सम्पन्न गरिएको छ । सिरहाको धनगढीमाई नगरपालिका वडा नं ११ मा रहेको ईलाका प्रहरी कार्यालय धनगढी र उक्त ठाउँको ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा प्रहरीले पूर्व पक्षिम्म राजमार्गमा रहेको धनगढी बजारमा आफ्ना कार्यक्रम प्रचार प्रसार गरी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । मिति २०७९।०७।०४ गते जिल्ला सिरहा धनगढीमाई नगरपालिका वडा नं.११ स्थित ईलाका प्रहरी कार्यालय धनगढी सिरहा र ट्राफिक प्रहरी पोष्ट धनगढी सिरहाको संयुक्त आयोजनामा “सवारी दुर्घटना न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम” गर्दै बजार परिक्रमा गरेको थियो । कार्यक्रममा स्थानिय समाजसेवी पत्रकार समेतको उपस्थितिमा सडकमा दुर्घटना न्यूनीकरण सम्बन्धी जानकारी मुलक कार्यक्रम अन्तर्गत स्थानिय अटो चालक , बस चालक ,ट्र्याक्टर चालक लगायतलाई ट्राफिक नियम अनुसार पार्किंग ब्यबस्थापन , सिट बेल्टको प्रयोग , ओभर लोडको कारण हुने क्षति लगायतका पक्षमा सचेतना कार्यक्रम सम्पन्न गरिएको सहभागीहरुले बताएका छन् । संग्रहमा कार्यक्रम फलदायी भएको हुनाले समय समयमा यस्ता किसिमका कार्यक्रमहरु नियमित भइरहनु पर्ने स्थानीयको बुझाई पाईन्छ ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१