ताजा समाचार

सिरहा प्रहरीद्धारा जनचेतना मुलक कार्यक्रम सम्पन्न

  • कार्तिक ३, २०७९
  • १३३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल कार्तिक ३ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सिरहा जिल्लाको सदरमुकाम सिरहा नगरपालिकाको १४ नम्बर वडामा जनचेतना जगाउने उदेश्यका साथ कार्यक्रम संपन्न गरिएको छ । मिति २०७९।०७।०२ गते जिल्ला सिरहा, सिरहा नगरपालिका वडा नं.१४ स्थित प्रहरी चौकी खिरौना सिरहाको आयोजनामा उक्त वडाको महिला वडा सदस्य जमुना पासमानको अध्यक्षतामा प्रहरी जनशक्तिहरु, स्थानिय समुदायहरु, भद्रभलादमी तथा महिला/पुरुषहरु समेतको उपस्थितिमा “लैंगिक हिंसा बिरुद्धको जनचेतनामुलक कार्यक्रम” गरिएको हो । कार्यक्रममा प्र.स.नि. भोगेन्द्र खत्रीले समुदायमा रहेको लैंगिक हिंसा, घरेलु हिंसा, बालविवाह गर्नु जस्ता कार्य कानुन बिपरित भएको बताउनु भएको छ । सामाजिक मुल्यमान्यता तथा समुदायमा रहेको कु-प्रथा बिरुद्धको सचेतनामुलक जानकारी तथा कानूनी प्रावधानको बारेमा प्रशिक्षण दिँदै समाजमा भइरहने सामाजिक आपराधिक घटनाको बारेमा स्थानिय निकाय वा सम्बन्धित प्रहरी कार्यालयमा सामाजिक घटनाको बारेमा जानकारी गराएको खण्डमा थप समस्या सिर्जना नहुने वक्ताहरुको धारणा रहेको उक्त कार्यक्रम फलदायी भएको सहभागीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤