ताजा समाचार

सञ्चारकर्मी माथि भंसार कर्मचारीले गरे अपमानजनक व्यबहार

  • कार्तिक २, २०७९
  • १२६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल कार्तिक २ । सिराहा जिल्लाको माडर भन्सार कार्यालय प्रमुख रामराजा प्रसाद चौरसियाले सिरहाको सञ्चारकर्मी माथी दादागिरी शैलीमा प्रहरी बलको प्रयोग गरेर हथकडी लगाएर थुन्ने धम्की दिएका छन् । सिराहा जिल्लाको भंसार कार्यालयहरू ठाडी, बरियारपट्टी र माडर लगायतको कार्यालयहरूको मिलेमतोमा अवैध रुपमा तस्करी भइरहेको गोप्य सूचना प्राप्त भए पछि सिरहाको सदरमुकाम सिराहा बजारदेखि करिब ७ किलोमीटर दक्षिणमा रहेको माडर भन्सार कार्यालय पुगेका सञ्चारकर्मीद्धय नेपाल पत्रकार महासंघ सिराहा शाखाका सचिव शिव दयाल यादव र ग्यालेक्सी टेलिभिजनकर्मी विनय यादवमाथी भंसार कर्मचारीले दुर्व्यवहार गरेका थिए । मंगलबार करिब दिउसो २ बजेको समयमा भंसार कार्यालय मादर पुगेका पत्रकारहरुले तस्करी र घुसखोरीको विषयमा कार्यालयका प्रमुख रामराजाप्रसाद चौरसियासँग प्रतिक्रिया लिन खोज्दा उनी एकाएक पत्रकारहरुमाथि आक्रामक शैलीमा खनिएका थिए भने ठाडो धम्की दिँदै अपमानपूर्ण ढंगले तथानाम गाली गलोज गर्दै प्रहरी बोलाएर थुनाइदिने धम्कीसमेत दिएका थिए ।

यता घटनाको बारेमा खेद प्रकट गर्दै नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष मनोज बनैताले एक प्रेस विज्ञप्ति जारी गर्दै " स्वतन्त्र रुपमा सञ्चारकर्ममा जुटेका पत्रकारलाई कार्यालयका प्रमुख जस्तो व्यक्तिबाट अपमानजनक किसिमको हर्कत हुनु अत्यन्तै दुस्खद र अशोभनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको " बताउनु भएको छ । घटना अत्यन्तै दुखद भएकोले घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि हदैसम्मको कारबाही गर्न र पत्रकारको पेशागत सुरक्षाको प्रत्याभूती गराउन सम्बन्धित निकायलाई महसंघले ध्यानाकर्षण समेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤