ताजा समाचार

मिश्र र मिर्जा राशिद आफ्नो चुनावी ऐजेंडा सहित चुनावी मैदानमा

  • कार्तिक १, २०७९
  • ६५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, १ कार्तिक मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि कपिलवस्तु जिल्लाको क्षेत्र नं ३ मा चुनावी प्रचार प्रसार लाई उमेदवारहरू तिब्र पारेका छन् l सोही क्रममा जनता प्रगतिशील पार्टी नेपालका महासचिव ले कपिलवस्तु क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा आफ्नो उमेदवारी पछि आफ्नो ऐजेंडा सहित चुनावी प्रचार प्रसारमा होमिएका छन् l क्षेत्र नं ३ (ख) प्रदेश सभा सदस्यमा जनता प्रगतिशील पार्टी नेपालबाट उमेदवारी दिएका मिर्जा राशिद बेग पनि किसानको हकहित लगायत विकासका ऐजेंडा लिएर चुनावी मैदानमा होमिएका छन् l मिश्र मंत्री भएको बेला क्षेत्र तथा जिल्लामा विकास गरेका र उहां पछि हारे पनि क्षेत्रमा करोडौं को बजेट ल्याउन सक्रिय भूमिका निर्वाह गरेकाले उहां एक विकास प्रेमी नेता रहेको क्षेत्रवासिको भनाई रहेको छ साथै उहांलाई जनताको साथ र समर्थन रहने पार्टी समर्थक तथा शुभचिन्त हरूले बताए l त्यस्तै बेग पनि पार्टीले किसान लाई भातृ होइन मातृ संगठनको रूपमा एजेण्डा राखेको बताउदै क्षेत्रमा किसानको हकहितमा काम गर्ने तथा रोजगारी क्षेत्रमा युवाको सहभागिता, शिक्षा, स्वास्थ्य क्षेत्र लगायत अन्य क्षेत्रमा सुधार गराउने ऐजेंडा लगायत अन्य ऐजेंडाका साथ प्रचार प्रसारमा लगेको बताए l चुनाव प्रचार प्रसारमा वडा कमिटी, नगर कमिटी, क्षेत्रीए कमिटी, जिल्ला कमिटीका पदाधिकारी हरु, पार्टी समर्थक, शुभचिंतक लगायतका नेता तथा कार्यकर्ता हरू होमिएको जानकारी गराइएको छ l

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤