Siraha Times
ताजा समाचार

सतीले सरापेको देशमा कानुनको हद कहाँसम्म

  • असोज २१, २०७९
  • ९१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज २१ । चिन्तित मन लिएर कलम चलाउन विवस भएको छु । तपाईले यस्लाई सकारात्मक या नकारात्मक बुझ्नुस् त्यो तपाईंको बुझाई हुनसक्छ । राज्यमा फटाहा भ्रष्टाचारी तस्कर अनि आफूलाई राष्ट्र सेवक भन्ने चोर गुण्डा अनि मासिक पैशा उठाउने विचौलिया र गद्दार हरु भएको सुन्दर राष्ट्रमा गलत आरोप लगाउने दुष्ट चरित्र बोकेका समाजका अपहेलित वर्गहरू जसलाई विगतमा गरिमामय संगठनहरुको साधारण सदस्य समेत नरहने गरी पदबाट हटाइएका केही व्यक्तिहरू अाज समाजका अगुवा भन्दै राष्ट्रका गहना माथी जाल झेलका ताना बुन्दै अाएको अवस्था रहेको छ । राष्टिय खेलाडी सन्दिप जसले आफूलाई हथकडी नलगाउन भन्दा भन्दै प्रहरीले उनको कुरा नसुनी उनलाई हथकडी लगाउनु कहा सम्मको न्याय हो ? राष्ट्रका गद्दार नेताहरु जसलाई बिगतका दिनमा बलात्कारको आरोप लागेका देश लुटुवा नेताहरुले भिआइपी सैलिमा अस्पतालको क्याबिनमा बसेर आफूमाथी लागेको आरोप सत्य होइन भन्दै समय गुजारेको तितो यथार्थ हामीसँग ताजा रहेकाे देखिन्छ ।

समान्य किसानको छोरा सन्दिप जस्ले दुख कष्ठ गरेर रास्ट्रको लागि खेल्यो, देश लाई चिनायो देशको शिर उच्च बनायो तेसैले उसको प्रगति देख्न नसकेर उनलाई ढाल्नका लागि पापीहरूले जाल रचेका छन् । कानुनको नजरमा गलत कुरा गलत नै हुन्छ, त्यो सबैले मान्नु पर्छ, तर कानुन नै गलत तरिकाले बनाइएको छ भने त्यस्को डटेर प्रतिबाद गर्नुपर्छ । कानुन बनाउने कुनै स्वर्गका राजा इन्द्र होइनन, हामी जस्तै जन्तु हुन । यदि कानुनका सही व्याख्या गरिन्छ भने निर्मला पन्तको हत्यारा खोइ ? दरबार हत्याकान्ड खोइ ? मालती कोइरीको लाश खोई ? समयमा कानून अनी न्याय प्रशासन सचेत भएन भने राष्टको उजागर गर्ने शक्तिहरू लोप हुने सम्भावना हराउने सम्भावना बढिरहेको अवस्थामा आम नेपाली सचेत हुन जरुरी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१