Siraha Times
ताजा समाचार

मल्हनियाँ पिरारीकाे झिझिया नृत्य प्रतियोगितामा नटराज ग्रुप प्रथम

  • असोज २१, २०७९
  • १३८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

असाेज  २१ । सिरहा टाइम्स मनु यादव सिरहा ।हिन्दुहरुको महान चाड वडा दशैंकाे उपलक्ष्यमा सिरहाकाे मिर्चैया नगरपालिका वडा नं.२ मल्हनियाँ पिरारीकाे दुर्गा मन्दिरको प्राङ्गणमा भएको झिझिया नृत्य प्रतियोगितामा नटराज झिझिया ग्रुप प्रथम भएको छ । प्रतियोगितामा मल्हनियाँ गाउँकै ७ ओटा ग्रुपले भाग लिएका थिए । जसमा नटराज झिझिया ग्रुप प्रथम, रामजानकी झिझिया दाेस्राे र स्माइल झिझिया ग्रुप तेस्रो भएको हो । प्रथमलाई पुरस्कार नगद रू. २५ हजार , दाेस्राेलाई पुरस्कार नगद रू. २० हजार, तेस्रोलाई पुरस्कार नगद रू. १५ हजार र लक्की झिझिया ग्रुप, राधेकृष्ण झिझिया ग्रुप, जय माँ दुर्गा झिझिया ग्रुप, मूनलाइट झिझिया ग्रुपलाई नगद रू. १०/१० हजारका दरले सम्मान सहित पुरस्कित गरिएको हो । झिझिया नृत्य प्रतियोगिता साेमवार सम्पन्न भएको झिझियाँ कार्यक्रम सञ्चालन शिक्षक अजित नायकले बताए। झिझियाँ नृत्यकाे सम्पूर्ण पुरस्कार मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले दिएको थियो ।

कार्यक्रममा मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादव, नगरपालिका प्रशासन शाखाका प्रमुख जीत साह , रेडियो वेलकम १०३. ५ मेगाहर्जका प्रबन्धक माेहन कुमार साह, वडा अध्यक्षहरु, समाजसेवी, भद्रभलादमी लगायतका उपस्थिति रहेको थियोे । झिझियाँ मधेशको प्रचलित लोक नृत्यमध्ये झिझिया तान्त्रिक विधिअनुसार घटस्थापादेखि विजया दशमीसम्म देवी स्तुतिको रुपमा यो नृत्य मधेशका बिभिन्न गाउँ वस्तीमा यतिबेला चलिरहेको थियो । तान्त्रिक विधि अनुसार सन्तान र समाजको सुरक्षाका लागि झिझिया नृत्य गर्ने गरिएको जनविश्वास छ भने अर्कोतिर जादु, टुनामुना, बोक्सी आदिको प्रभाव कम गर्न प्वाल पारिएको घैटामा दियो कलश राखेर महिला दिदी बहिनीहरूले टाउकोमा राखेर बेलुका नाच्ने परम्परागत नृत्य हो । झिझिया लोकनृत्य सिरहा लगायत धनुषा ,सप्तरी महोत्तरी, सर्लाही, बारा, पर्सासहितका जिल्लामा गरिन्छ । झिझिया कुनै जाति विशेषको नभई सम्पूर्ण मैथिली समाजको लोक नृत्य हो। बोक्सीको आँखा नलागोस् भनेर धामीद्वारा झिझियालाई मन्त्रसहित छेकबार गरिन्छ । मन्त्रिएपछि महिलाहरुको टोलीमध्ये एक वा दुई महिला टाउकामा आगो बलिरहेको घैँटो राखेर बिना हातको सहारा लिई नाच्दै ब्रह्मस्थानमा पुगेर सबैभन्दा पहिले डीहिवारको पूजा गरेर नृत्य गर्ने गर्द डीहिवारको पूजा गरेर नृत्य गर्ने गर्दछन् । ब्रह्मस्थानमा नृत्य गरे लगत्तै झिझिया औपचारिक रूपमा सुरु हुन्छ । यो नृत्य सातौँं शताब्दीदेखि सुरु भएको मिथिला संस्कृतिका जानकारहरू बताउँछन् । पछिल्लो समय यसको मौलिकता हराउँदै गएको स्थानीयवासी बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस

शान्ति पुनर्स्थापना ...

कपिलवस्तु, भाद्र २२ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप् ...

लहानमा गर्भवती तथा स ...

रहमुल, लहान, २२ भदौ । सिरहाको लहान नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्था सुधार ग ...

बाढीपीडितको पीडामा म ...

रंजित चौरसिया वीरगंज २२ भदौ। रसुवा जिल्लामा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१