ताजा समाचार

खराब मौसमका कारण भैरहवाबाट काठमाडौं उडेको जहाज जनकपुर अवतरण

  • असोज २१, २०७९
  • ८३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

असाेज २१ । मनु यादव लहान - भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एअरको विमान ३ घण्टा पछि मात्र काठमाडौंमा अवतरण गरेको छ । मौसमको खराबीका कारण काठमाडौंमा अवतरण हुन नसकेपछि सो विमानलाई जनकपुरमा अवतरण गराइएको थियो । खराब मौसमका कारण काठमाडौं विमानस्थलले इयर ट्राफिक जाम भएको सूचनाका आधारमा जनकपुरमा अवतरण गराइएको बताइएको छ । बिहान ६ः१५ बजे उड्नुपर्ने विमान ७ः३५ मा भैरहवाबाट काठमाडौँका लागि उडान भरेको भए पनि खराब मौसमका कारण जनकपुरमा अवतरण गरेको थियो । सो विमान १०ः२५ मा मात्र काठमाडौंमा अवतरण गरेको छ । झण्डै १ घण्टा बढी जनकपुर विमानस्थलमा विमान होल्ड गरिएको बुद्ध एअरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤