ताजा समाचार

नक्कली नोट सहित १ जना पक्राऊ

  • असोज १८, २०७९
  • १०५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

असाेज १८ । सिरहाको नरहा गा.पा. वडा न. ०५ स्थित कृपाल यादवले संचालन गरेको किशोरी ट्रेडस किराना पसलमा मो.रेजाउल्लाहले पाईलट चुरोट १ प्याकेट खरिद गरी नेपाली रुपैया १०००/- (एक हजार) को नक्कली नोट दिएको भनी ईलाका प्रहरी कार्यालय नरहा सिरहामा जानकारी दिन साथ तत्काल घटना स्थलमा प्रहरी टोली खटी गई निज मो.रेजाउल्लाहलाई नियन्त्रणमा लिई निजको शरीर रित पुर्बक तलासी गर्दा निजको साथबाट निम्न सर-सामानहरु पक्राउ गरी ईलाका प्रहरी कार्यालय नरहा सिरहाबाट थप अनुसंधान कार्य भई रहेको । पक्राउ परेको ब्यक्तीको नाम १) देश भारत राज्य विहार जिल्ला सितामढी ग्राम पँचायत भासर मछहा वडा न. ०८ भन्सार चोक बस्ने मो.निजामुदिनको छोरा वर्ष २१ को मो.रेजाउल्लाह बरामद भएको समानको विवरणहरू:- १) नेपाली रुपैया १०००/- (एक हजार) दरको नक्कली नोट ३१ (एकतिस) थान गरी जम्मा ३१०००।–(एकतिस हजार) २) मो.रेजाउल्लाहको नामको सक्कलै आधारकार्ड थान -१ ३) चाँदीको सिक्री थान-१ ४) चाँदीको औठी थान-१ ५) चाँदीको ब्रासलेट थान-१ ६) श्री सिताराम लेखिएको बिल पाना-२ ७) पाईलट चुरोट १ प्याकेट ८) REDMI कम्पनीको मोबाईल थान-१

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤