ताजा समाचार

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने गरे घोषणा

  • असोज १७, २०७९
  • ११९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स असाेज १७ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रतिनिधिसभाको आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्। २०६४ यता गोरखा–२ बाट लगातार चुनाव लड्दै आएका बाबुरामले आगामी मंसिर ४ गते हुने निर्वाचनमा भने उम्मेदवार नबन्ने घोषणा गरेका हुन्। ‘२०६४, २०७० र २०७४ (साल)को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा, दिदीबहिनी, दाज्यू भाइहरूमा अन्तःहृदयैदेखि आभार व्यक्त गर्दछु,’ सामाजिक सञ्जालमा एक सन्देश लेख्दै बाबुरामले भनेका छन्, ‘आगामी २०७९ मंसीर ४ को प्रतिनिध सभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु।’ आगामी प्रदेश तथा प्रतिनिध सभा निर्वाचनमा भट्टराई नेतृत्वको नेसपा र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भएको छ। नेसपाका उम्मेदवारहरु माओवादी केन्द्रको चुनाव चिह्न (गोलाकार भित्रको हँसिया हथौडा)बाट चुनावमा उठ्ने पनि सहमति भएको छ। चुनाव नउठ्ने घोषणा गरेको सामाजिक सञ्जालको सन्देशमा भट्टराईलेले गोरखाली जनताले आफूभन्दा पनि अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउने बताएका छन्। ‘म सबै गोरखाली दिदीबहिनी दाज्युभाइहरूलाई विश्वास दिलाउन चाहन्छु मेरो ठाउॅमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीब्रता पाउनेछ। म त्यहॅा साथमा हुनेछु,’ बाबुरामले भनेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤