राजेश विद्रोहीको भिडियो भाइरल: २४ घण्टा नपुग्दै १.५ मिलियन क्रस

  • असोज १७, २०७९
  • ९११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं । लेखक तथा राजनीतिक विश्लेषक राजेश विद्रोहीको नाम टिकटमा भाइरल भएको छ । अभियान नामको टिकटक एकाउन्टबाट आकाशमा प्लेन जोडजोडले हलिएको विषयलाई लिएर पाइलटसँग यात्रुहरुले सामान्य रुपमा भनाभन गरेको चिडियो पोस्ट गरेपछि भाइरल भएको हो । पोस्ट किलिपमा उसको नाम माथिनै उल्लेख गरिएको छ । दशैको मुखमा हरेक वर्ष दुर्घटनाहरु हुनेगरेको कारण सबै यात्रुहरूको मनमा दुर्घटनाको कुरा खेलिरहेका थिए । काठमाडौं देखि जनकपुरको लागि बुधबार बेलुकी ७:२० मा उड्नुपर्ने प्लेन ८:१० मा उडेको थियो । प्लेन उडेको १५ मिनेटपछि पाइलटले मौसम खराबीको कारण सबै यात्रुहरुले सिट बेल्ट लगाउन भनेका थिए । तर प्लेन हलिन सक्ने वा कोल्टिन सक्ने हुँदा यात्रुहरुलाई डराउन र आतिन नहुने कुरा भने माइकिङमा भनेका थिएन्, सवार एक यात्रुले भने । माइकिङ भएको पाँच मिनेट नपुग्दै प्लेन तल झरेको झरै र कोल्टपोल्ट गर्न थालेपछि सबै यात्रुहरू प्लेनभित्र चिच्याएका थिए । जनकपुरमा ल्याण्ड भएपछि पाइलट र यात्रुबीच केही बेर भनाभन भएको थियो । सोही भिडियो राजेश विद्रोहीको नाममा अभियान टिकटक एकाउन्टमा पोस्ट गरेपछि २४ घण्टा नपुग्दै १.५ मिलियन क्रस गरिसकेका थिए । अझै पनि यो भिडियो भाइरल हुने क्रम रोकिएको छैन् । पहिला भन्दा विस्तारै बढीरहेको छ । यश विषयमा राजेश विद्रोहीसँग कुराकानी गर्न खोज्दा उसको मोबाइलमा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

आशा किरण केन्द्रको १ ...

वीरगंज ६ पौष । नेशनल मेडिकल कलेज प्रा. लि. र आशा किरण केन्द्रबीच औपचारिक सम्झौता हस्ताक्षर गरिए ...

नवराजपुरमा एनसीसी क् ...

रहमुल, लहान ६ पुस । सिरहाको नवराजपुर गाउँपालिका वडा न.४ स्थित जनता नमुना प्राविधिक धार माध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१