ताजा समाचार

डावर गोल्ड कपमा विराटनगरको अग्रता

  • असोज १६, २०७९
  • ११२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज १६ । सिरहाको धनगढीमाई नगरपालिकाको वडा नं १३ डावरमा धनगढीमाई दोश्रो गोल्डकप फुटवल प्रतियोगिता २०७९ हाल जारी रहेको बाैद्धिक व्यक्तित्व अर्जुन ठकुरीले जानकारी दिनुभएको छ । स्थानिय डाबरको खेल मैदानमा एकताबद देश खेलकुदको संदेश मुख्य नाराका साथ भइरहेको फुटवल प्रतियोगिता अन्तर्गत आज भएको धरान र विराटनगर बीचको खेलमा विराटनगरले अग्रता लिएको छ । डावरको खेल मैदानमा जारी रहेको खेल अन्तर्गत आज दिउसो करिब चार बजेर एकाइस मिनेटको अन्तरालमा शुरू गरिएको खेलमा खेल मैदानमा प्रवेश गर्नु भन्दा अगाडी नेपालको राष्ट्रिय झण्डालाई अगाडि राखेर पञ्चकन्या सहित खेल मैदानको दक्षिणी भागबाट खेलाडीहरुलाई मैदान प्रवेश गराएका थिए भने मैदानको मध्यमा पुगेका खेलाडीहरुले बाजाको तालमा राष्ट्रिय गान गाएर खेलको थालनी गरेको स्थानिय बाैद्धिक व्यक्तित्व श्रवण ठकुरी ज्यूले बताउनु भएको छ ।

पेमा यूवा क्लव विराटनगर ११ र पटनाली फुटबल क्लब धरान १३ बीच भएको अाजको खेलमा विराटनगरले खेलको करिव ४.५०बजेको समयमा पहिलो गोल धरानलाई गरी खाता खोलेका थिए भने दोस्रो गोल पुन ४.५२ मा गर्न सफल भएका थिए । खेलको करिव ४.५७ मा धरानले एक गोल फर्काएका थिए भने ५.१६ मा पुन विराटनगरले तेश्रो गोल गर्न सफल भएका थिए । जारी खेलको ५.३९ मा फेरि विराटनगरले चौथो गोल गरेका थिए । धनगढीमाई १३ ले आयोजना गरेको दोस्रो डावर गोल्ड कप आयोजना गराउनमा मूख्य भूमिका रहेका अर्जुन ठकुरी ,श्रवण ठकुरी, वडा अध्यक्ष सूर्यमान तामाङ लगाएत स्थानिय समाजसेवी ,बुद्धिजीवी , राजनितिककर्मीको सामूहिक प्रयासबाट विगत दुई वर्षदेखि डावर गोल्ड कप हुँदै आएको स्थानियहरुको भनाई रहेको देखिन्छ ।

अत्यन्त मनोरम वातावरणमा भइरहेको गोल्ड कपको लागि स्थानिय प्रशासन लागायतका युवाहरु समेत लागिपरेका छन् । बाक्लो दर्शक उपस्थितिका बीच भइरहेको फुटवल प्रतियोगिता खेलमा छिमेकी राष्ट्र भारतको खेलाडीका टीम सहभागि हुनुका साथै महिला टीम समेत सहभागी हुँने आयोजक कमिटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤