Siraha Times
ताजा समाचार

मधेसमा आधा जसपा, देशभर आधा कांग्रेसलाई

  • असोज १३, २०७९
  • ८८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

असाेज १३ । सत्ता गठबन्धन दलहरुले मधेस प्रदेशको आधा निर्वाचन क्षेत्रमा जसपाको उम्मेदवार उठाउने सहमति गरेका छन् । यो निर्णय संगै सत्ता गठबन्धन दलहरु प्रदेशसभा र प्रतिनिधिसभाको सिट बाँडफाँटको विषयमा सहमति नजिक पुगेका छन्। सिट बाँडफाँटमा सहमति जुटाउन गठित कार्यदलका सदस्यहरुका अनुसार प्रतिनिधिसभाको १६५ मध्ये अधिकांश क्षेत्रमा सहमति जुटेको छ। केही क्षेत्रमा २ वटा दलको दाबी छ र आपसमा सम्वाद गरेर सल्टाउने समझदारी भएको छ। प्रदेशसभाको सिट बाँडफाँटका लागि कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले क्षेत्रगत प्रस्ताव ल्याएका छन्। त्यसमा छलफल चलिरहेको छ । अहिलेसम्मको छलफल हेर्दा देशभरमा मोटामोटी आधा सिट कांग्रेसले लिएर बाँकी अरु दलले बाँड्ने जस्तो देखिएको छ। मधेश प्रदेशमा भने आधा सिट जनता समाजवादी पार्टी (जसपा)ले पाउने र बाँकी अरु दलले बाँड्ने देखिएको छ। मधेश प्रदेशको ८ जिल्लामा हरेक जिल्लामा ४ अर्थात् कुल ३२ प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ। मधेश प्रदेशका ३२ मध्ये १४-१५ सिट जसपाले पाउनेछ भने बाँकी १६-१७ सिट कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले पाउनेछन् । यसमा माओवादीको ३ र एकीकृत समाजवादीको २ सिट निश्चित भएको छ भने अरु कांग्रेसले पाउने देखिएको कार्यदलका सदस्यहरु बताउँछन् । प्रतिनिधिसभामा आधा सिट पाएको जसपाले प्रदेशमा पनि त्यही हाराहारी पाउने देखिएको छ। कार्यदलका एक सदस्यका अनुसार प्रदेशसभाको ६४ सिटमध्ये ३०-३२ सिट जसपाले पाउने सम्भावना छ भने बाँकी अरु दलहरुले लिने छन्। कांग्रेसले २१-२२, एकीकृत समाजवादीले ८ र माओवादी केन्द्रले जम्मा ४ सिट पाउने सक्ने छ ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१