सर्लाहीमा मन्त्रीकै इसारामा रामलल्लाले गरे, रमेशको २ बिगहा बढी जग्गा अतिक्रम

  • आश्विन १३, २०७९
  • ५३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान / १३ असोज । सर्लाहीको बसबरिया गाउँपालिका वडा नम्बर - ५ मा बस्ने स्व. रामपति साहको छोराहरु राजेश प्रसाद साह, रमेश साह, उमेश साह गरि ३ भाईको जग्गा कब्जा अतिक्रमण गरिएको बताइएको छ। मधेश प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंहकै इसारामा रामलल्लाले गरेका छन् रमेशको साहको २ बिगहा भन्दा बढी जग्गा अतिक्रम गरेका छन। जग्गा कब्जा अतिक्रम गरिनेमा त्यहीँ सर्लाही जिल्ला धनकौल गाउँपालिका वडा नम्बर -९ का रामल्ला भन्ने रामलाल सिँह रहेका छन् । यो सँगै धनकाैल गाउँपालिका वडा नं. ०१ मा रहेकाे किता नं. ३७५ क्षेत्रफल ०-१९-४१/२ र किता नं. ३७९ क्षेत्रफल ०-१९-५१/२ काे धान खेत २३ वर्ष अगाडि रामपती साहले उमेश मिश्र संग खरिद गरेका थिए । २०७७ आश्विन २६ गते रामपती साहको निधन पछि साे जमिन उनका छाेराहरु राजेश प्रशाद साह, रमेस साह र उमेश साह तिनजना दाजुभाइकाे नाममा २०७७ साल माघ १९ गते आयाे । धनकाैल गा.पा. ०१ मा रहेकाे उक्त २ओटा खेत रामपती साहकाे मृत्यु पछि २०७८ साल असार देखि साे जमिन आफ्नो निजि भएको भन्दै रामलला शिंहले जबर्जस्ती बालि लगाएर खाईरहेका छन् ।

रामलला शिंहका भाइ बिरेन्द्र प्रसाद शिंह नेपाली काँग्रेस बाट मधेस प्रदेशको महिला बालबालिका,युवा तथा खेलकुद मन्त्री रहेकाे र पावरकै भरमा आफ्नो खेतीयोग्य जमिन कब्जा गरि अतिक्रमण गरेको र बिगत ३ वर्ष देखिको खेतको कर चुक्ता गर्न वडा कार्यालय धाईरहदा वडा अध्यक्ष र वडा सचिवले विभिन्न बाहाना बनाएर जमिनकाे कर नबुझ्ने गरेको र रामलला शिंहसंग सम्झौता गरेर आउन दबाब समेत दिने गरेको पिडित रमेश साहले बताएका छन् । र मन्त्रीकै मान्छे हुँदैमा प्रहरी कार्यालयमा उजुरी दिएता पनि कुनै सुनवाइ नदिएको रमेश साहको कथन छ। यस प्रति जिल्ला प्रहरी कार्यालय , जिल्ला प्रशासन कार्यालय लगायत सम्बन्धित निकाय तथा व्यक्तिले छलफल तथा अनुगमन तथा अनुसन्धान गर्नु पर्ने अति आवश्यक रहेको देखिन्छ । यता , प्रतिवादी रामलला शिंहसँग साे विषयमा बुझ्दा : उनले आफू प्रतिकाे आराेप झुठो हाे । अरुको खेत त मलाई के थाहा, मेरो आफ्नै जमिन खेतहरु कयौं बिघा अरुले कमाएर खाईरहेकाे छ भनेर खण्डन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहाको लहान नगरपालि ...

लहान वैशाख ६ । सिरहाको लहान नगरपालिका वडा न. १९ मा आज दिउसो करिब ४ बजे स्कारपियो दुर्घटना भएको हो । ...

अधिकृत श्रीवास्तव र ...

रंजित चौरसिया वीरगंज ६ बैशाख । पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास ...

भु.पु. न्यायाधीश कमल ...

रहमुल लहान ५ बैशाख भु.पु. न्यायाधीश कमलनरायण दासले पैगम्बर मोहम्मद (स) को बिषयमा दिएको गैरजिम्मेवारी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१