शहिदनगरका मेयर यादव र अधिकृत चौधरीले गरे अदातलको आदेश अवहेलना

  • असोज १३, २०७९
  • ८६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम,असोज १३ गते। धनुषाको शहिदनगर नगरपालिकाका मेयर र अधिकृतले अदालतको आदेशलाई अवहेलना गरी दोस्रो पटक शिक्षक भर्नाको सूचना प्रकाशित गरेको छ । शहिदनगर नगरपालिका वडा नं. ३ यदुकूहास्थित रहेको जनता इकाइ माध्यमिक विद्यालयका प्रधानाध्यापक रामनारायण ठाकुर र अधिकृत सावन चौधरीको हस्ताक्षरित असोज ६ गतेको सूचना निकालेर शिक्षक भर्ना मागेको हो । उच्च अदालत जनकपुरमा परेको उत्प्रेषण मुद्दामा उच्च अदालतले असोज ५ गते नै कार्तिक १ गतेको लागि पेशी तोक्दै यस अवधीभित्र कुनै प्रकारको शिक्षक भर्ना नगर्न अन्तरिम आदेश दिएको हो । अदालतले भदौ १९ गते प्रकाशित गरिएको शिक्षक भर्नाको विज्ञापन अनुसार शिक्षक र कर्मचारीहरुको करार नियुक्ती तथा पदपूर्ति नगर्न नगराउन अन्तरिम आदेश दिएपछि असोज ६ गते मेयर यादवको निर्देशनमा अधिकृत चौधरी र प्रधानाध्यापक ठाकुरले अदालतको आदेशलाई धज्जिया उडाउँदै पुनः शिक्षक भर्नाको विज्ञापन प्रकाशित गरेको हो । शहिदनगर नगरपालिका वडा नम्बर ३ बस्ने कारी खत्वेले असोज ५ गतेमा विद्यालय व्यवस्थापन समितिको नाममा दिएको उत्प्रेषण मुद्दामा अदालतले इमरजेन्सी आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेजद्व ...

रन्जित चौरसिया वीरगंज ३ पौष। वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निः ...

अतिविपन्न बेसाहाराको ...

रहमुल,लहान २ पुस। सिरहाको धनगढीमाई नगरपालिका–१२ सिमलटोकी मुसहर बस्तीकी एक अतिविपन्न तथा शारीरि ...

मेयर चौधरीद्वारा लहा ...

रहमुल,लहान २ पुस । सिरहाको लहान नगरपालिका–१ का नथुनी सदाय र ईसरवति मण्डलको निधन भएको खबर पाएपछ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१