ताजा समाचार

APF द्वारा ठाडी नाकामा दशैं तिहार लक्षित मानव सहायता कक्ष सञ्चालन

  • असोज १०, २०७९
  • ८७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल लहान १० असोज । सिरहाको लहान - ठाडी सडक खण्डको ठाडी नाकामा नं ७ गण ठाडीद्वारा मानव सहायता कक्ष निर्माण गरी २४ शै घण्टा आम सर्व साधारणलाई सेवा प्रदान गर्ने उदेश्यका साथ कार्यक्रमकाे थालनी गरिएको छ । चाडपर्वलाई मध्यजर गर्दै थालनी गरिएको कक्षबाट रोजगारी बाट फर्केका युवाहरु, आँखा अस्पताल लहानमा भारतबाट आइरहेका यात्रीहरूको लागि खान बस्न होटेल र गन्तव्यसम्म सुरक्षित पुर्याउन गाडी समेतको प्रबन्ध मिलाएको जानकारी APF नं ७ गण ठाडीले दिएका हुन् । गणको प्रमुख रमेश थापाको अनुसार हाम्रा देशका युवाहरु विदेशबाट कमाएर ल्याउँदै गरेको धन सुरक्षित साथ घरपरिवार सम्म पुगाउँन महान चाड दसैं तिहारको खुशी सबै नेपालीको दैलोमा पुगुन्, छिमेकी मित्र राष्ट्र भारतबाट आउने नागरिक लाई सहज होस भन्ने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याएको बताउनु भयो । प्रमुख थापा लामो समय देखि ठाडी नाकामा बस्दै आईरहेका छन। यस क्षेत्रका जनताको साथमा रहेर काम गर्दै आइरहेका थापाको चर्चा गाउँ गाउँमा पनि सुन्न पाइन्छ। मलखादको अभाव भएको समयमा किसानको लागि राम्रो भूमिका खेली किसानलाई सहयोग गरेका उहाँले मानव सहायता कक्ष सञ्चालनमा ल्याएर उदाहरणीय काम गरेका छन।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤