Siraha Times
ताजा समाचार

चुनावी आचारसंहिता पालना गर्ने प्रधानमन्त्रीसहित नेताहरूले गरे प्रतिबद्धता

  • असोज ९, २०७९
  • १०७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

असाेज ९ । सरकार र राजनीतिक दलहरुले आगामी निर्वाचनमा गम्भीर भएर आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाएका छन् । आइतबार निर्वाचन आयोगले गरेको छलफलमा प्रधानमन्त्री शेर बहादुर देउवा लगाएत बिभिन्न दलका प्रतिनिधिहरुले निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउनका लागि गम्भीर भएर आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाएका हुन् । उनीहरुले निर्वाचन आचारसंहिताको प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन् । छलफलका क्रममा मन्त्रीहरु आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्य क्षेत्रमा जान नपाउने व्यवस्थालाई पुर्नबिचार गर्न आग्रह गरिएको माओवादी केन्द्रका नेता लिलामणी पोखरेलेले जानकारी दिनुभयो । उहाले दल दर्ताका लागि २५ जनामा मात्रै जान पाउने व्यवस्था र निर्वाचन सुरु हुनु भन्दा १७ दिन अघि मात्रै प्रचार गर्न पाउने व्यवस्थालाई बिचार गर्न पनि सुझाव दिएको उहाले बताउनुभयो । आयोगले व्यवहारिक पक्षलाई बिचार गर्ने जनाएको उहाले बताउनुभयो । त्यस्तै लोसपाका नेता केशव झाले छलफलका क्रममा प्रचार प्रसारको व्यवस्थामा सवै दलले असहमति जनाएको र व्यहारिक बनाउने बिषयमा छलफल गर्ने आश्वासन आएको जानकारी दिनुभयो ।

छलफल पछि आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले छलफलका क्रममा प्रधानमन्त्री लगाएत सवै राजनीतिक दलका प्रतिनिधिहरुले प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेको जानकारी दिनुभयो । उहाले सवै राजनीतिक दलहरुसंग छलफल गरेर नै आचारसंहिता बनाएको भन्दै आगामी दिनमा पनि दलहरुसंग छलफल गर्दै सहजिकरण गर्ने बताउनुभयो । उहाले दलहरुसंगको सहमतिमा शंशोधन गर्न आवश्यक परे संशोधन गरिने धारणा राख्नुभयो । प्रवक्ता पौडेलले निर्वाचन खर्च बुझाउनुपर्ने कानूनी व्यवस्था रहेकाले, खर्च नवुझाउनेलाई कारवाही गर्ने कानूनी व्यवस्थालाई आयोगले कार्यान्वयनमात्रै गरेको जिकिर गर्नुभयो । आयोगले निर्वाचन खर्चका बारेमा पुन छलफलहरुसंग छलफल गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१