Siraha Times
ताजा समाचार

चुनाव नजिकिदै जाँदा नेकपा माओवादीद्वरा पर्सागढी नगरपालिकामा कार्यालय स्थापना

  • असोज ८, २०७९
  • ९०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया वीरगन्ज, ८ असोज मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिदै जाँदा नेकपा माओवादी केन्द्र पर्सा चलायमान भएको छ । जिल्लाको विभिन्न क्षेत्रमा पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाटदेखि कार्यालय स्थापनासम्म हुन थालेको छ । यसैबीच पर्साको पर्सागढी नगरपालिकामा नेकपा माओवादी केन्द्रको नगर समितिको कार्यालय स्थापना गरिएको छ । कार्यालयको नेकपा माओवादी केन्द्र पर्सा निर्वाचन क्षेत्र नम्बर २ का इन्चार्ज अमिताभबच्चन दास, नेकपा माओवादी केन्द्रका जिल्ला नेता बालकृष्ण श्रेष्ठ र नगर कमिटि अध्यक्ष सोम बहादुर लामाले संयुक्त रुपमा उदघाटन गर्नुभयो । कार्यालय उदघाटनपछि बोल्दै क्षेत्र नम्बर २ का इन्चार्ज एवं युवा नेता अमिताभबच्चन दासले परिवर्तनको संवाहक नेकपा माओवादी केन्द्र नै भएको र नेपालको सामाजिक, सांस्कृतिक, आर्थिक विकासमा परिवर्तन ल्याउन नीतिको नेतृत्व माओवादीले नगरेसम्म परिवर्तन असम्भव रहेको बताउनुभयो ।

उहाँले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि दश बर्ष माओवादीले जनयुद्ध नगरेको भए सम्भव नभएको र स्थानीय सरकारको पाँचबर्ष जतिपनि राजा महाराजाहरु बन्ने अवसर पाए त्यो माओवादी आन्दोलनकै देन भएको बताउनुभयो । माओवादी केन्द्र पार्टीमा जनताको आकर्षण रहेपनि काम गर्ने भन्दा पद लिनेहरु धेरै हुँदा पार्टी चलायमान हुन नसकेको बताउनुभयो । अन्य पार्टीको भन्दा माओवादीको विचार र नीति जनताले अहिले विस्तारै बुझ्दै गएकोले फेरीपनि माओवादी केन्द्र एकपटक सरकारको नेतृत्व गर्ने तहमा पुग्नुपर्ने र जनतालेपनि भोट दिएर जिताउनुपर्ने बताउनुभयो । नेकपा माओवादी केन्द्र पर्सागढी नगरपालिकाका नगर अध्यक्ष सोम लामाको अध्यक्षतामा भएको कार्यक्रममा युवा नेता बालकृष्ण श्रेष्ठ लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१