ताजा समाचार

आज केपी शर्मा ओली धनुषा आउदै

  • असोज ८, २०७९
  • १३८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

असाेज ८ गते जनकपुरधाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली शनिबार धनुषा आउन लागेका छन् । विदेह नगरपालिका तीनकौरिया चोकस्थित जिल्ला कमिटी धनुषाले आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन उनी आउन लागेका हुन् । विहान ११ बजे पार्टी अध्यक्ष आउन लागेको जिल्ला अध्यक्ष राजकिशोर यादवले जानकारी दिए । उनका अनुसार कार्यक्रमको सबै तयारी भइसकेको छ । जनसभामा पार्टी प्रवेश कार्यक्रम पनि राखिएको छ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य उमाशंकर अरगरियासहितका नेताहरु पार्टी प्रवेश गर्ने तयारी छ । यसअघि ओली गत भदौ २७ गते जनकपुरधाम आएका थिए । पछिल्लो समय ओली मधेश प्रदेशमा पार्टी मजबूत बनाउने कसरतमा लागेका छन् । मधेशमा केही दिन यता प्रभावशाली नेताहरुलाई एमाले प्रवेश पनि गराएका छन् । पार्टी प्रवेश र गत स्थानीय निर्वाचनको मत परिणाम अनुसार एमाले विगतभन्दा मजबूत भएको जानकारहरुको भनाइ छ । यता, नागरिकता विधेयक प्रमाणीकरण गर्न असहयोग गरेको आक्रोशमा मधेशवादी दलका नेता तथा कार्यकर्ताहरु ओलीलाई कालो झण्डा देखाएर विरोध गर्ने तयारीसमेत गरेका छन् । उनीहरुले ओलीलाई मधेश प्रवेशमा रोक लगाउन तथा विरोध गर्न कार्यकर्ताहरुलाई आन्तरिक रुपमा निर्देशन दिएको बताइन्छ । राष्ट्रपति विद्या देवी भण्डारीले ओलीकै दबाबमा नागरिकता विधेयक प्रमाणीकरण नगरेको मधेशवादी दलहरुको आरोप छ ।साभार सामाजिक संजाल बाट

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤