आज केपी शर्मा ओली धनुषा आउदै

  • असोज ८, २०७९
  • ११९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

असाेज ८ गते जनकपुरधाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली शनिबार धनुषा आउन लागेका छन् । विदेह नगरपालिका तीनकौरिया चोकस्थित जिल्ला कमिटी धनुषाले आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन उनी आउन लागेका हुन् । विहान ११ बजे पार्टी अध्यक्ष आउन लागेको जिल्ला अध्यक्ष राजकिशोर यादवले जानकारी दिए । उनका अनुसार कार्यक्रमको सबै तयारी भइसकेको छ । जनसभामा पार्टी प्रवेश कार्यक्रम पनि राखिएको छ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य उमाशंकर अरगरियासहितका नेताहरु पार्टी प्रवेश गर्ने तयारी छ । यसअघि ओली गत भदौ २७ गते जनकपुरधाम आएका थिए । पछिल्लो समय ओली मधेश प्रदेशमा पार्टी मजबूत बनाउने कसरतमा लागेका छन् । मधेशमा केही दिन यता प्रभावशाली नेताहरुलाई एमाले प्रवेश पनि गराएका छन् । पार्टी प्रवेश र गत स्थानीय निर्वाचनको मत परिणाम अनुसार एमाले विगतभन्दा मजबूत भएको जानकारहरुको भनाइ छ । यता, नागरिकता विधेयक प्रमाणीकरण गर्न असहयोग गरेको आक्रोशमा मधेशवादी दलका नेता तथा कार्यकर्ताहरु ओलीलाई कालो झण्डा देखाएर विरोध गर्ने तयारीसमेत गरेका छन् । उनीहरुले ओलीलाई मधेश प्रवेशमा रोक लगाउन तथा विरोध गर्न कार्यकर्ताहरुलाई आन्तरिक रुपमा निर्देशन दिएको बताइन्छ । राष्ट्रपति विद्या देवी भण्डारीले ओलीकै दबाबमा नागरिकता विधेयक प्रमाणीकरण नगरेको मधेशवादी दलहरुको आरोप छ ।साभार सामाजिक संजाल बाट

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेजद्व ...

रन्जित चौरसिया वीरगंज ३ पौष। वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निः ...

अतिविपन्न बेसाहाराको ...

रहमुल,लहान २ पुस। सिरहाको धनगढीमाई नगरपालिका–१२ सिमलटोकी मुसहर बस्तीकी एक अतिविपन्न तथा शारीरि ...

मेयर चौधरीद्वारा लहा ...

रहमुल,लहान २ पुस । सिरहाको लहान नगरपालिका–१ का नथुनी सदाय र ईसरवति मण्डलको निधन भएको खबर पाएपछ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१