ताजा समाचार

केपि ओली आउने पुर्व सन्ध्यामा धनुषाको तिनकौरियामा मशाल जुलुस

  • असोज ७, २०७९
  • ८३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम, असोज ७ : नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली शनिवार आउने धनुषाको तिनकौरिया बजारमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी एस सन्युक्त रुपमा मशाल जुलुस प्रदर्शन गरेको छ । हातहातमा मशाल बालेका उनीहरु राष्ट्रपति विद्या देवी भण्डारी विरुद्व नारावाजी गरेका थिए । केपि ओलीको ईशारामा चल्ने राष्ट्रपति विद्या भण्डारी मुर्दावाद सहितका नारा उनीहरुले लगाएका छन् । हातबाट प्रहरीले मशाल खोस्न चाहेपनि केहि वेर तनाव समेत भएको छ । मशाल जुलुसमा माओवादी केन्द्रका प्रदेश र जिल्लाका नेताहरुको बाक्लो उपस्थिती देखिएको छ । शनिवार सोहि बजारमा लोसपाका सचेतक तथा सांसद उमाशंकर अरगरिया सहितकालाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष ओली आउन लागेका हुन । मशाल जुलुस प्रदर्शनमा माओवादीका नेताहरु दिपक यादव, पुर्व मेयर उदय बरबरिया,बिदेह नगरपालिकाका प्रत्यासी मेयर राजकिशोर यादव,वाइसीएल केन्द्रिय सचिव तथा मधेस प्रदेश इन्चार्ज अनिल पासवान लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤