Siraha Times
ताजा समाचार

थामी समुदायको छैठो जिल्ला अधिवेशन भ्यव्यताको तयारी पुरा

  • असोज ७, २०७९
  • ८२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज ७ । आदिबासी/जनजाती थामी समुदायको बाहुल्यता रहेको दोलखा जिल्लामा उक्त समुदायको जिल्ला अधिवेशन तयारी पूरा भएको छ । निको खाम संस्कृति धर्म त्याङ परम्परा गोमको थाङमी समाजको एतिहासिक छैठो दान सभा आप्रा लोङ्गको सभा हुन लागेको आयोजक कमिटीका विक्रम थामीले जनाएका छन् । नेपाल थामी समाज दोलखा जिल्ला शाखाको छैठो जिल्ला अधिवेशन उद्दघाटन समारोह कार्यक्रम भव्यताका साथ असाेज ८ गते हुन लागेको सन्तोष थामीले बताउनु भएको छ । दोलखाको सदरमुकाम चरिकोटको सिम्पानी हलमा आयोजित हुने कार्यक्रममा राष्ट्रका उच्च व्यक्तित्व लगायत जिल्लाका प्रमूख व्यक्तित्वहरु सहभागि हुने वुझिएको छ भने कार्यक्रममा थामी समुदायको जातिय नाच्न गान प्रस्तुत गरिनुका साथै आयोजक कमिटी द्धारा थामी समुदायको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको वुझिएको छ । राज्य पक्षबाट थामी समुदायकाे सही पहिचान हुन नसक्दा थामी समुदायको सामाजिक विकाश ओझेलमा परेको अवस्था रहेको पाइन्छ । अधिवेशनबाट प्राप्त निष्कर्षले थामी समुदायको बाहुल्यता रहेको दोलखा जिल्लामा समुदायको लागि अशल कामको सुरुवातमा सकारात्मक धारणा बाहिर आउँने आयोजक कमिटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१