बर्दिवासमा ट्राफिक नियम जनचेतना कार्यक्रम समपन्न

  • असोज ६, २०७९
  • ९०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरगंज ६ असोज मिर्मिरे लघुवित संस्थाले १२ वर्ष पार गरि १३ वर्षमा प्रवेश गरेको अवसरमा आज महोत्तरी को बर्दिवास नगरपालिकामा ट्राफिक नियम जनचेतना कार्यक्रम आयोजना गरिएको छ । बर्दिवास नगरपालिका स्थित बर्दिवास बजारको परिक्रमा गरिएको छ। मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो संस्थाको बार्षिक उत्सव कार्यक्रमको अवसरमा आयोजना गरेको ट्राफिक नियम जनचेतना कार्यक्रममा ट्राफिक प्रहरी,नेपाल प्रहरी,देउराली माध्यमिक विद्यालयका शिक्षकहरु,विद्यार्थीहरु,स्थानीय व्यक्तिहरु र संस्थामा आवद्द सदस्यहरुको सहयोग रहेको थियो। मिर्मिरे लघुवित्त वित्तीय संस्था वर्दिवासले बार्षिक दिवसको अवसरमा बिभिन्न कार्यक्रमहरु गर्दै वार्षिक उत्सव मनाएको मधेश प्रदेश प्रमुख रामकिशोर चौधरीले बताए ।मिर्मिरे लघुवित्त बित्तीय संस्थाले आयोजना गरेको ट्राफिक नियम जनचेतना कार्यक्रमको अध्यक्षता संस्थाको मधेश प्रदेश प्रमुख रामकिशोर चौधरीको अध्यक्षतामा भएको थियो । यसका साथै, संस्थाले आगामी दिनमा आर्थिक,सामाजिक, सचेतनामुलक कार्यक्रम,महिला सशक्तिकरण,उत्पादनमुलक क्षेत्रमा योगदान तथा प्रवद्र्धनको कार्यक्रम निरन्तर रुपमा कार्य गर्ने उद्देश्य अनुरूप मुलुकको पूर्वाधार विकासमा अझ उत्कृष्ट योगदान गर्ने प्रतिवद्दता चौधरीले व्यक्त गरेको थिए।

Open photo

बार्सिक उत्सव र ट्राफिक नियम जनचेतना कार्यक्रममा प्रमुख अतिथी श्री देउराली माध्यमिक विद्यालयकी शिक्षिका श्री यशोदा श्रेष्ठ,विशिष्ट अतिथिहरुमा ईलाका प्रहरी कार्यालय वर्दिवास महोत्तरीवाट सई शिवराज उप्रेती,जिल्ला ट्राफिक प्रहरी कार्यालय वर्दिवासवाट असई आशिष काफ्ले सहित कार्यक्रममा मिर्मिरे लघुबित बितिय संस्थाको मधेश प्रदेश उप प्रमुख षडेन्द्र प्रसाद त्रिखत्री,स्कुलचौक शाखा प्रमुख विनोद चौधरी,हरिपुर्वा शाखा प्रमुख प्रदिप कुमार थापा मगर,बर्दिवास शाखा प्रमुख कमलराज जोशी सहित अन्य कर्मचारीहरु लगायत त्यस संस्थामा आवद्द सदस्यहरु र स्थानिय हरुको सहभागिता रहेको थियो।उक्त कार्यक्रममा सवारी साधन चलाउँदा,यात्रा गर्दा,सडकमा पैदल यात्रा गर्दा हामीले अपनाउनुपर्ने सुरक्षाको विधिहरुको सम्बन्धमा सचेतना गराइएको थियो । मिर्मिरे लघुबित बित्तिय संस्था लिमिटेडले आफ्नो संस्थाको बार्षिक उत्सवमा मायाको चिनो समेत प्रदान गरी कार्यक्रम सम्पन्न गरीएको थियो।

प्रतिक्रिया दिनुहोस

सप्तरीमा उपेन्द्र या ...

ओम प्रकाश यादव लहान, २८ माघ । मधेशको अधिकार, समानुपातिक प्रतिनिधित्व र राज्यबाट भएको उपेक्षालाई मुख् ...

घरदैलो अभियानमा सत्य ...

लहान, २८ माघ । सिरहा निर्वाचन क्षेत्र नं. १ का जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस ...

घरदैलो अभियानमा जनमत ...

ओम प्रकाश यादव लहान, २८ माघ । सिरहा निर्वाचन क्षेत्र नम्बर १ का जनमत पार्टीका उम्मेदवार रामस्वरूप चौ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१