ताजा समाचार

राष्ट्रपतिले संविधानको ठाडो उलंघन गर्नुभयो –नेता रौनियार

  • असोज ५, २०७९
  • ६७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा ५ असोज जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य हरिनारायण रौनियारले राष्ट्रपति विद्या देवी भण्डारीले संविधानको ठाडो उलंघन गर्नुभएको बताउनुभएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाले दुई पटक समेत पठाउनु राष्ट्रपति भण्डारीले नागरिकता बिधेयकलाई प्रमाणीकरण नगरेर संविधान माथि नै प्रहार गर्नुभएको नेता रौनियारको भनाई छ । राष्ट्रपतिले साउन २९ गते आफ्नो सुझाव सहित पठाउनु भएको नागरिकता बिधेयकलाई फेरी दुवै सदनले जस्ता त्यस्तै पारित गरी राष्ट्रपतिको कार्यालयमा परमानिकरणको लागी भादौ २० गते पठाईएको थियो । राष्ट्रपति भण्डारी संग पहिलो पटक आएको बिधेयक सुझाव सहित पठाउन संवैधानिक अधिकार रहेको छ तर दोस्रो पटक आएको विधेयक प्रमाणीकरण गर्नु नै पर्ने संवैधानी व्यवस्था रहेको छ । राष्ट्रपतिले भण्डारी संग १५ दिन समय थियो जुन हिजो मंगलबार राति मध्य रात १२ बजे सकेको भए ता पनि भण्डारीले नागरिकता बिधेयक प्रमाणीकरण नगरी उहाले संविधानको ठाडो उलंघन गर्नुभएको नेता रौनियारले बताउनुभयो । राष्ट्रपतिले पठाउनु भएको सुझाव सहितको बिधेयक परिमार्जन नै गर्नुपर्छ भन्ने संविधानमा यस्तो व्यवस्था कतै नरहेको संविधानका जनकारले समेत बताईरहेका छन । अहिले राष्ट्रपतिको चर्को आलोचना भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤