ताजा समाचार

इप्रका कृष्णनगरको सफलता २.७ के.जी . चरेस सहित २ जना पक्राउ

  • असोज २, २०७९
  • ८४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, असोज २ इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले २.७ किलो चरेस सहित २ जनालाई पक्राउ गरेको छl इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेको कमाण्डमा खटिएको टोलीले कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर स्थित जामिया सोजुलुल रहमानी कम्प्लेक्स बाट विशेष सुचनाको अधारमा २ जना लाई पक्राउ गरेको छl पक्राउ पर्नेमा दाङ जिल्लाको घोराही उपमहानगर पालिका ९ पर्सैनीका बर्ष १८ की मन्जु चौधरी र दाङ जिल्लाको अमउवा गाउँपालिका वडा नं २ बस्ने ३१ बर्षको जमालदिन मिया रहेको नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक मिन बहादुर घलेले जानकारी दिएका छन्l शैलेन्द्र पाण्डे अनुसार लागु औषध कारोबार गर्नेको नेपाल भारतमा समेत संजाल हुन सक्ने हुदाँ अनुसंधान भइरहेको र अन्यको संलग्नता भए नभएको, मुख्य गिरोह को हो भन्ने तर्फ पनि अनुसंधान गरिने बताए l

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤