दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, २ असोज । ‘बाख्रामा बह्मलुट गरेपछि ऋणिमाथी थप पिडा हुने नै भए’ धनगढीमाई १२ का विक्रम ठकुरी बताउँछन् । ठकुरीले ‘ करिब ५ हजार पर्ने बाख्रा २० हजारको दरमा दिएको छ ।’‘ चालिस हजारको एउटा बोका जसको करिब १३ किलो वजन होला ।’‘सेवाग्राहीको सहमतीमा खरिद गर्नुपर्ने बाख्रा तर, संस्थाका रमन साहले आफै किनेर दिएको छ ।’‘ नक्कली वील भर्पाई बनाएर अनुदानको रकम ठगी गरिरहेको यस्ता कर्मचारीलाई कारवाही हुनुपर्छ की पर्दैन ? ठकुरीले प्रश्न गर्छन् । ग्रामिण उद्यम तथा विप्रेशन आयोजना समृद्धि जनकपुरको सहयोगमा धनगढीमाई साना किसान कृषि सहकारी संस्था लि. धनगढी १० ले आफ्ना २२ शेयर सदस्यलाई आधा अनुदानमा बाख्रा वितरण गरिएको छ । सहकारीले प्रति सदस्य ७ लाखको कार्यक्रम अन्तरगत खोरको लागि ३ लाख ५० हजार खर्च गरिएको छ । बाख्राको लागि ३ लाख ५० हजार खर्च देखाएर नक्कली बील भर्पाई गरि हिसाब मिलान गरेको छ ।
प्रतिक्रिया दिनुहोस
मारवाडी महिला मञ्च लहानद्वारा आयोजित सावन मेला : महिला उद्यमशीलता, आत्मनिर्भरता र सांस्कृतिक एकताको सन्देश
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic