मिर्चैया नगरपालिकाको सडक निर्माण हुने मेयर यादबको अग्रसर्तां

  • असोज १, २०७९
  • ८११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा । स्मार्ट सिटीको रुपमा चिनिएका मिर्चैया नगरपालिकाले बिभिन्न गुनासोहरु खेपिरहेका बेला मेयर श्रवण यादबले उदाहरणीय काम गर्नुभएको छ । बारम्बारको अथक प्रयासले अब जिर्ण रहेको मिर्चैया सडकमा सररर सबारी कुदाउने भएको छ । जसको कारण मिर्चैयाको स्वरुप फेरिन्छ । मधेश प्रदेशको औद्योगिक क्षेत्रले पनि परिभाषित मिर्चैया क्षेत्रका सडक स्तरन्नोति भएपछि नगर क्षेत्रको स्वरुप फेरिन लागेको हो । केही दिनअघिसम्म नगर क्षेत्रका अधिकांश सडकमा खाल्डाखुल्डी भएर जीर्ण बनेको थियो अब मेयर साहेबको पहलमा उक्त सडक निर्माण हुने भयो, हामी अत्यन्तै खुशी छौं स्थानीय नगरबासी खुशी ब्यक्त गरेका छन । सडक हिलाम्मे र धुलाम्मे भएका कारण ठुलो सास्ती भोगेका मिर्चैया नगरपालिकाबासी अब यो समस्याबाट मुक्त हुन लागेको उनीहरुको भनाइ छ । वर्ष लागेपछि नगर क्षेत्रका बाटामा हिँडन पनि समस्या हुन्थयो, तर अब सडक बन्ने भएपछि सहजै हिँडन सक्ने अवस्था आएको स्थानीय एक ब्यक्ति खुशि हुँदै मेयर श्रवणलाई धन्यबाद दिएका छन । मिर्चैया नगरपालिकाको कार्यालयमा बसेको बैठकमा आँउदो नोभेम्बरको दोश्रो सातादेखी राजमार्ग निर्माणको काम शुरु गर्न एक कम्पनिसँग सहमति भएको छ ।

सिरहाको कमलादेखी सप्तरीको कंचनपुरसम्म चार लेन राजर्माग निर्माणको ठेक्का पाएको निर्माण कम्पनि चाइना रेल्बे नम्बर २ इन्जिनियरिगं ग्रुपले बतहा खोला देखी जिवा खोला सम्म २१ मिटर चौडाइको राजर्माग जनवरी महिना भित्र निर्माण गरि सक्नुपर्ने गरी सम्झौता भएको छ । बैठकबाट राजर्माग निर्माणको काम सुरु नहुन्जेलसम्म तत्काल प्रत्येक दिन वा आवश्यकता परेमा १० दिनमा गे्रडर र रोलरबाट सडक मर्मत गर्ने र धुलो हुन नदिन नियमित रुपमा पानी छकिैने तथा यसका लागी इलाका प्रहरी कार्यालय मिर्चैयामा दुइटा टयाकंर स्टाण्डबाइ राख्ने सहमति पनि भएको छ । मिर्चैयाको राजर्माग लामो समयदेखी जीर्ण रहेका कारण सडक बनाउन माग गर्दै स्थानीय मिचैयाबासी पटकपटक आन्दोलन गर्दै आएका थिए। सरोकारबालाले चासो नलिए पछि मिर्चैया नगरपालिकाका प्रमुख श्रवण यादब केही समय अघि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय काठमाण्डौ र मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय जनकपुरधाम र जिल्ला प्रशासन कार्यालय सिरहालाई बोर्धाथ राख्दै पत्र लेखी यथाशीघ्र सडकलाइृ ठोस रुपमा मिर्चैयाबासीलाइ निकास दिन आग्रह गर्नुभएको थियो । सोही बमोजिम अब सिरहा पनि स्र्माट सिटीको रुपमा परिचित हुनेछ ।

प्रतिक्रिया दिनुहोस

स्थानीय तहमा वित्तीय ...

लहान चैत २० । नेपाल सरकारबाट स्थानीय सरकारलाई गरिने वित्तीय हस्तान्तरणलाई अझ प्रभावकारी, पारदर्शी र ...

सहकारी दिवसको अवसरमा ...

वीरगंज २० चैत। ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा को–अपरेटिभ म्यानेजर्स क्लब, पर्सा (सीएमसी)ल ...

वातावरण जोगाउन सांसद ...

​​विनोद अविरल,१९ चैत । बढ्दो इन्धन खपत र वातावरणीय प्रदूषण कम गर्ने सन्देश दिन सिन्धुली क्षेत्र नं. ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१