पर्सा जिल्लाको क्राइम टोली प्राइस टोलीमा परिणत

  • असोज १, २०७९
  • ७५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

उमेश दुबे वीरगंज १ असाेज । जिल्ला प्रहरी कार्यालय पर्साको मातहातमा खटिने बिशेष टोलीको रूपमा क्राइम टोली परिचालन भएपनि हालको कार्य प्रगति हेर्दा प्राइस टोलीको रूपमा रूपान्तरण भएको बुझिन्छ । क्राइम टोली अर्थात अपराध अनुसन्धानको नाममा खटिने शादा पोशाकबाट तस्करीको रकम उठन थालेपछि प्राइस टोलीको रूपमा रूपान्तरण भएको अभास हुन थालिएको हो । हिन्दुहरूको महान चाड पर्व नजिक्दै जादा अहिलेदेखि नै अपराध अनुसन्धान शाखाका कर्मचारीलाइ दशै लागेको प्रष्ट नै बुझन सकिन्छ । सीमा नाकाबाट हुने अबैध क्रियाकलापबाट रकम उठाउनकै निम्ति अपराध अनुसन्धान शाखाका कर्मचारी तस्करका मुख्य नाइकेहरू सङ्ग रकम उठाउन तल्लीन रहेको देखिन्छन । दशै खर्चका साथ साथै तस्करी गर्ने गिरोहका मुख्य नाइकेहरू सङ्ग रकम उठाउनमै ब्यस्त रहेको एक अडियो क्लिपबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतको बिश्वासिला पात्रको रूपमा मानिने प्रहरी निरीक्षक प्रज्वल थपलियालाई अपराध अनुसन्धान शाखाको जिम्मेवारी दिएको ब्यापक रूपमा चर्चाको बिषय बनेको छ । जसका कारण सीमाबाट हुने अबैध क्रियाकलापका साथै बिभिन्न मुद्दामा पक्राउ पर्ने ब्यक्तिहरू सङ्ग लाखौ रकम असुल हुने गरेको उहाकै प्रहरी श्रोत बताउछन । श्रोतका अनुसार अपराध अनुसन्धान शाखाका प्रमुख प्रहरी निरीक्षक थपलिया र प्रहरी उपरीक्षक रमेश बस्नेतको कुरो मिले पश्चात तस्करीको लाइन दिनुको साथै मुद्दामा रकम लिने गरेको, उनले दाबी गरे । सीमबाट हुने अबैध क्रियाकलापबाट रकम असुल गर्न दुई जना प्रहरीलाइ सादा पोशाकमै परिचालन गरिएको छ । प्रहरी जवान लालबाबु साह र प्रहरी जवान फिरोज अन्सारीलाई तस्करीको रकम उठाउन जिम्मेवारी नै दिएको श्रोत बताउछन । एक जना उच्च अधिकारीका अनुसार ठुला बडा तस्करका मुख्य नाइकेहरू जिल्लामै पुगि भेट चढाउने गरेको र स-साना तस्कर, द्वय जवानलाई रकम दिने गरेको बताए ।

सीमाबाट तस्करी बढनुको साथै बिरगंज शहरमा दिनहुँ चोरीको क्रम समेत बढेको पाइन्छ । अपराध अनुसन्धान शाखाका कर्मचारीले अपराधी गतिविधिमा कम, रकम उठाउनमा बढि चासो देखाएकै कारण चोर गिरोहको बिगबिगी बढेको, स्थानीय बताउछन । क्राइम शाखाका कर्मचारी तस्करीका समाग्री निकाल्नमा ब्यस्त हुन्छन तर बजारमा चोरीको क्रम बढेको हुन्छ, भन्दै स्थानीयले दुखेसो पोखे । एनि हाउ पैसा कमाउ भन्ने उख्खानमा लागेका प्रहरी उपरीक्षक रमेश बस्नेतका कारण अपराध अनुसन्धान शाखाका कर्मचारीले आफ्नो काम इमान्दारीता पूर्वक नगरेको, स्थानीयले आरोप लगाए । स्थानीयका अनुसार चोर गिरोहलाइ पक्राउ गरिन नसक्नुले पर्सा प्रहरीको इमान्दारीता यस्तै प्रष्ट भएको, उनले बताए ।

यता यस बिषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक दिपक गिरिले अबैध तरिकाले भित्रिने मालसमानहरू पक्राउ गर्ने गरेको दाबि गरे । सीमाबाट हुने अबैध कृयाकलापको बिषयमा झन सशक्त रूपमा लाग्ने बताउदै, तस्कर र प्रहरी बिच साटघाट गर्ने प्रहरीको बारेमा समेत सोधपुछ गरेर कानूनि दायरामा ल्याउने बताउनु भयो ।यो समाचार नवलपुर टुडे बाट लिएको हो 

प्रतिक्रिया दिनुहोस

राष्ट्रिय सूचना तथा ...

ओम प्रकाश यादव लहान, बैशाख १९ । “सूचना प्रविधिको अभियान, डिजिटल नेपालको निर्माण” भन्ने म ...

फेटामा जनमत पार्टीले ...

बारा, १८ बैशाख / बारा जिल्लाको फेटा गाउपालिका वडा नम्बर ४ बतरा टोलमा जनमत पार्टीले सडक ढलानको शिलान् ...

अंतरजातीय प्रेम विवा ...

ओम प्रकाश यादव लहान वैशाख १८ । सिरहा जिल्लाको लहान नगरपालिका–१२, जट्टीयाहीस्थित एक दलित परिवार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१