सिरहाको बरियारपट्टी नाकाबाट सशस्त्र प्रहरीकै सेटिङ्गमा व्यापकरुपमा तस्करी

  • भदौ ३१, २०७९
  • ७६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान/ ३१ भदौ । सिरहाको दक्षिणी सिमावर्ती बरियारपट्टी नाकास्थित श्री सशस्त्र प्रहरी बल नेपाल वियोपी बरियारपट्टीबाट प्रहरीकै सेटिङ्गमा व्यापक बढ्दो तस्करराज मच्चिएको पाइएको छ। वियोपी बरियारपट्टीका प्रहरी निरीक्षक (इन्सपेक्टर) शंकर साह ठकुरीको सेटिङ्गमा तस्करराज मच्चिएको देखिन्छ । उक्त बरियारपट्टी नाका स्थानीय , जिल्लावासीका लागि खाद्यान्न , सरसामान तथा अन्य कामकाज लागि भारतीय बजार लदनियाँ उपयुक्त हुने गर्दछन । हिजोआज बरियारपट्टी भन्सार भएर मेला जस्तोको रुपमा व्यक्ति आवतजावत र सरसामान किन्नु मेलारुपी मान्छे लदनियाँ बजार पुग्दछन् । यो सँगै सशस्त्र प्रहरी बल वियोपी बरियारपट्टी नाकासँगै जोडिएको छोटोे भन्सार कार्यालय हुदै करोडौंको मालसामान वारपार हुनेगर्छ। छोटे भन्सार कार्यालय प्रमुख कसुन यादवले प्रतिदिन लाखौं मालसामान छल्ने गरेको देखिन्छ । कार्यालय प्रमुख यादवले उक्त नाकालाई "कमाई" को धन्दा बनाइएको छ। यो सँगै भन्सार प्रमुख यादवले आज भदौ ३१ गतेका दिन, दिउँसोबाट भन्सार बन्द गरि बाहिरको थियोे । तर, त्यसको मौकाछोपी करोडौंको माल पार गरेका छन।

सशस्त्र प्रहरी बल वियोपी बरियारपट्टीका प्रहरी निरीक्षक शंकर साह ठकुरी र भन्सार प्रमुख किसुन यादवको संरक्षण तथा तस्करको मिलिमतोमा अवैध मालसमान वारपार व्यापक रुपमा हुने गरेको गुनासो छन । लदनियाँबाट उक्त स्थानबाट नेपालको राष्ट्रिय जनावर गाई, गोरु, लताकपडा चिनी, खाटीतेल, चामल , राजनिवास, इत्यादी अवैध रुपमा वारपार हुने गरेको स्थानीयहरुले व्यापक चर्चा गरेका छन । बरियारपट्टी भन्सार नाकाबाट सवैभन्दा बढी अवैध मालसमान वारपार छली गर्ने गर्दछन। यो बरियारपट्टी भन्सारबाट दिनहुँ ३० जना तस्करलाई लाइन दिने गर्दछन। जसमध्ये २० महिला , १० पुरुष छन। उनीहरूसित महिनाबारीको हिसाबले रकम लिने गर्दछन। यो सँगै अवैध मालसमानहरु प्राय जसो राती ओसारपसार गर्ने गरेको र रातभरी सुत्न समेत बाइक र पिकअप भ्यानको आवाजले अप्ठ्यारो भएको स्थानीयको भनाइ छ।

बोर्डरहरुमा तस्कर घटाउन,यसलाई नियन्त्रणमा लिन माथिल्लो निकायको ध्यानजान अति नै आवश्यक देखिन्छ । देशको सुरक्षा निकाय सुरक्षाकर्मीलाई मानिन्छ, यदि रक्षक नै भक्षक भएपछि के होलान् ? त्यसैले यस्तो प्रहरी निरीक्षक ठकुरी उपर निकायले समयसमयमा अनुगमन अति आवश्यक रहेको स्थानीयहरुले बताएका छन। त्यसैगरी सिरहाका अधिकाँश बोर्डर नाकाहरु बरियारपट्टी, औरही, ठाडी, कुसन्डी, कजरा जिझौल जानकी नगर, माडरलगायतका भन्सारहरुबाट अहिले दिनहुँ खुलेयाम तस्करी भएको हेर्न सकिन्छ । अहिले उक्त नाकाहरुबाट सेटिङ्गमा व्यापक चोरी, तस्करी भैरहेको अवस्था छ । प्रहरी प्रशासनले देखावटी रुपमा केहीमात्रामा चोरी पैठारी गरि ल्याइएको समान पक्राउ गरेपनि सिरहाको माडर, बरियारपट्टी, औरही, नाकाबाट व्यापक रुपमा तस्करी भइरहेको पाइएको हो।

तस्करहरुले सिमानाकामा बस्ने प्रहरी जवानदेखि शसस्त्र भन्सार प्रमुख लगायतका कर्मचारी एकमुस्ठ मोटो रकम दिइ लाइन तिरेर दिनभरी नाकाको वरिपरि भण्डारण गर्ने र रातभरी निर्धक रुपमा प्रहरी प्रशासनकै आखा अगाडीबाट तस्करी गर्ने गरेको स्थानियहरु बताउँछन् । सिमा नाकामा बसेका शसस्त्र प्रहरी, नेपाल प्रहरी र दर्जनौ सिभिल ( सादा पोषाक) मा खटाइएका प्रहरीहरु दिनभरि तस्करीको सामान नियन्त्रन गर्नुभन्दा पनि संरक्षण गर्न , तस्करको गोदाम सम्म पुर्याउने गरेको नाम नखोल्न सर्तमा एकजना तस्करले बताए ।

प्रतिक्रिया दिनुहोस

क्याकुसिन करातेको डो ...

रन्जित चौरसिया बारा, ९ मंसिर / बाराको फेटा गाउपालिका वडा नम्बर १ भलुही स्थित बगैचा कटेजमा हुने गरेको ...

पर्साको श्रीसिया नाक ...

रन्जित चौरसिया वीरगंज ८ मंसिर । पर्सा जिल्लाको श्रीसिया नाका हुदै व्यापक रुपमा तस्करी फस्टाएपनि स्था ...

हिन्दु युवा शक्ति कप ...

धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु जिल्लाकाे शिवराज नगरपालिका वडा नं ३ खारेन्द्रपुरमा आज हिन्दु युवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१