Siraha Times
ताजा समाचार

कालिकामाई गापा को ८ औ गाउँसभा : ४२ कराेड ७३ लाखकाे बजेट प्रस्तुत

  • भदौ ३१, २०७९
  • १०३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा ३१ भदाै पर्साको कालिकामाई गाउँपालिकाको ८ औ गाउँसभा शुक्रबार सम्पन्न भएकाे छ । असार १० भित्रै हुनु पर्ने गाँउसभा साढे ३ महिना ढिलो भएपनी आज गाउसभा सम्पन्न भएकाे हाे ।गाउँ सभा को तेस्रो बैठक बाट गाँउसभामा चालू आर्थिक वर्ष ०७९/०८० काे नीति, कार्यक्रम तथा बजेट प्रस्तुतकरण कार्यक्रम सार्बजनिक गरिएकाे हो। गाँउसभामा मा ७९/८० को बजेट ४२ करोड ६६ लाख ४० हजार२ सय ९२ रुपैयाँ को अनुमानित बजेट गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत अमित गिरी ले प्रस्तुत गर्नु भएको थियो। त्यसअघि गाँउसभाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ता ले ले भने आफूहरुकाे ध्यान गाँउपालिकाकाे विकासमा केन्द्रीत रहेकाे भन्दै चुनावका बेला जनता सामु गरिएको प्रतिबद्धता पूरा गर्न अब एक जुट भएर विकासको काममा अगाडी बढ्ने बताए । नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषिका साथै पर्यटन र भौतिक पूर्वाधार विकास प्राथमिकतामा रहेको उनले बताए। कालिकामाई गाउँउपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ता को अध्यक्षतामा भएकाे छ। वडाका वडा अध्यक्षहरु, गाँउकार्यपालिका सदस्यहरु लगायतकाे सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१