Siraha Times
ताजा समाचार

ग्रीन ल्याण्ड स्कुलद्वारा भब्यताका साथ बाल दिवस मनाइयो

  • भदौ २९, २०७९
  • १४२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदाै २९ । बालबालिकाहरूको सम्मानमा प्रत्येक वर्ष मनाइन्छ बालदिवस अर्को शब्दमा भन्नु पर्दा बाल बालिकाहरूको नाममा मनाइने दिवसलाई 'बाल दिवस' भनिन्छ। यो दिवस अन्तर्राष्ट्रिय रूपमा १ जुन तथा नेपालमा भदौ महिनाको २९ गते मनाइन्छ । वि.स.२०६३ साल भन्दा अघिसम्म बाल दिवस भाद्र ४ गते मनाइने चलन रहेको थियो भने हाल भदौ २९ गते प्रत्येक वर्ष यो दिवस मनाइन्छ । नेपालको संविधान २०७२ काे भाग ३ र धारा ३९ अन्तर्गत पर्ने मौलिक हकहरूमा बालबालिकाको हक अधिकारकाे व्यवस्था गरिएको छ । नेपालमा विक्रम सम्वत २०२१ सालको भाद्र महिनाको ४ गतेदेखि बाल दिवस मनाउन सुरु गरिएको थियो । राष्ट्रिय बालदिवस २०६३ सालमा आएर भदौ २९ गतेदेखि मनाउन सुरु गरिएको थियो । इतिहासलाई फर्केर हेर्दा नेपालमा बालदिवस रत्नराज्य देवी शाहले तत्कालीन अवस्थामा आफ्नो जन्म दिनकाे अवसरमा विक्रम सम्वत २०२१ भाद्र ४ मा नेपाल बाल सङ्गठन स्थापना गरि आफ्नै जन्म दिनमा बालमन्दिर मार्फत टुहुरा अनाथ बालबालिकाको संरक्षणको थालनी गरेको दिनलाई नै राष्ट्रिय बालदिवसको घोषणा गरि सो समयदेखि नियमित रूपमा बालदिवस मनाउन थालिएको पाइन्छ ।

वि.सं २०६३ सालमा लोकतन्त्रको स्थापना पश्चात् यसको पूरानो संरचनामा केही फेरबदल भएको थियो जसको परिणाम स्वरुप देशमा स्थापना भएको लोकतन्त्रले बालदिवसको मितिलाई पनि परिवर्तन गरेको थियो । वास्तवमा वि.सं २०४६ सालको प्रजातन्त्रको पुनस्थापना पछि गठित अन्तरिम सरकारले संयुक्त राष्ट्र बालअधिकार सम्बन्धी महासन्धि-१९८९ लाई २०४७ भदौ २९ मा अनुमोदन गरेको दिन नै बालदिवसको रूपमा मनाउने घोषणा नेपाल सरकारले गरेको हुनाले यो दिवस मनाउन थालिएको हो । " बालमैत्री समाजको आधार जिम्मेवार परिवार , उत्तरदायी सरकार " भन्ने मुल नाराका साथ सिरहाको धनगढीमाई नगरपालिकाको धनगढी बजारमा रहेको ग्रीन ल्याण्ड इंग्लिश बोर्डिङ स्कुलले भव्यताका साथ ५८ औं बाल दिवस मनाएका छन् । विद्यालय परिसरबाट शुरू गरिएको बाल जुलुश बजार परिक्रमा गरी विद्यालय परिसरमा पुगी विबिद कार्यक्रममा सहभागी भएको विद्यालयका फाउन्डर विदुर राउतले बताउनु भएको छ । कार्यक्रमको अगुवाई बिधार्थी शिवम महतोले गरेका थिए भने जुलुशमा उक्त विद्यालयका शिक्षक लगायत सबै सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१