कारागारलाई सुधार गृहको रुपमा विकास गर्न विधेयक ल्याइएको हो : गृहमन्त्री खाण

  • भदौ २९, २०७९
  • ७१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले कारागारलाई बन्दीगृह नभइ सुधार गृहको रुपमा रुपान्तरण गर्न कारागार विधेयकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । कारागार विधेयक २०७८ माथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाणले कारागारलाई सुधार गृह बनाउन सरकार लागिपरेको बताए। उनले भने, ‘कारागारमा रहेका पनि नागरिक हुन् । उनीहरुलाई पनि नागरिक अधिकार र मानव अधिकारको व्यवस्था गरिनुपर्छ भन्ने विचारको स्वागत गर्छु । कारागारलाई बन्दीगृह होइन सुधार गृहको रुपमा रुपान्तरण गर्ने विधेयकका मूल अंश हो । कारागारमा रहेका विभिन्न बन्दीहरुलाई उनीहरुको अवस्था अनुसार सुविधा दिने भन्नेमा सरकार गम्भीर छ । ’ ‘कारागारमा बन्दीहरुको संख्या ठूलो छ । भौतिक पूर्वाधार व्यवस्थापनमा चुनौती छ । कारागार व्यवस्थापमा पर्याप्त बजेट व्यवस्था गर्न आवश्यक  छ । आचरण सुधार गरेका बन्दीहरुलाई कैद मिनाह गर्ने परिपाटीलाई व्यवस्थित गरिनेछ,’उनले भने।

 

प्रतिक्रिया दिनुहोस

किर्ते जालसाजी मुद्द ...

रहमुल लहान  वैशाख ८।सिरहाको  नवराजपुर गाउँपालिका वडा नं. २ का  पूर्व निर्वाचित वडा अध ...

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१