ताजा समाचार

कारागारलाई सुधार गृहको रुपमा विकास गर्न विधेयक ल्याइएको हो : गृहमन्त्री खाण

  • भदौ २९, २०७९
  • ९२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले कारागारलाई बन्दीगृह नभइ सुधार गृहको रुपमा रुपान्तरण गर्न कारागार विधेयकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । कारागार विधेयक २०७८ माथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाणले कारागारलाई सुधार गृह बनाउन सरकार लागिपरेको बताए। उनले भने, ‘कारागारमा रहेका पनि नागरिक हुन् । उनीहरुलाई पनि नागरिक अधिकार र मानव अधिकारको व्यवस्था गरिनुपर्छ भन्ने विचारको स्वागत गर्छु । कारागारलाई बन्दीगृह होइन सुधार गृहको रुपमा रुपान्तरण गर्ने विधेयकका मूल अंश हो । कारागारमा रहेका विभिन्न बन्दीहरुलाई उनीहरुको अवस्था अनुसार सुविधा दिने भन्नेमा सरकार गम्भीर छ । ’ ‘कारागारमा बन्दीहरुको संख्या ठूलो छ । भौतिक पूर्वाधार व्यवस्थापनमा चुनौती छ । कारागार व्यवस्थापमा पर्याप्त बजेट व्यवस्था गर्न आवश्यक  छ । आचरण सुधार गरेका बन्दीहरुलाई कैद मिनाह गर्ने परिपाटीलाई व्यवस्थित गरिनेछ,’उनले भने।

 

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤