Siraha Times
ताजा समाचार

शाह परिवार जनताकाे सुखदुखमा साथ हुन्छ : सांसद शाह

  • भदौ २८, २०७९
  • ८०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु , भदाैं २८ । निर्वाचनका बेला देखिने नेताहरुलाई जनताले फेरि जवाफ दिने कपिलवस्तु क्षेत्र ३ का सांसद अभिषेक प्रताप शाहले ठाेकुवा गर्नुभएकाे छ ।पचीसाैं बर्षदेखि राज्य स्थानीय जनप्रतिनिधि विहिन रहे तापनि कपिलवस्तु क्षेत्र ३ मा न्यून बजेटमा पनि आफ्नाे पहुँच र सहकार्यले बिकासका विभिन्न याेजनाहरु सम्पन्न गराएकाे सांसद अभिषेक प्रताप शाहले बताउनुभयाे ।सांसद शाह भन्नुहुन्छ - माओवादी द्वन्द्वकालपछि ०६४ र ०७० काे संविधान सभा निर्वाचनमा राज्य संविधान बनाउन केन्द्रित रहेकाेले बिकास निर्माणमा पर्याप्त बजेट खर्च गर्न सकिएकाे थिएन ।

२०७४ सालकाे प्रतिनिधि सभा निर्वाचन भएपछि केपी ओली नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीकाे पुर्ण बहुमतकाे सरकार बन्याे । कम्युनिस्ट सरकारले आफ्नाे कार्यकर्ता पाल्ने र देशलाई ऋणकाे भारि बाेकाउने काम मात्र गर्याे । निरङ्कुश बन्दै गएकाे ओली सरकारले संविधानलाई च्यालेन्ज दिदै दुई दुई पटक संसद विघटन समेत गर्याे । जसकाे प्रत्यक्ष असर देशकाे आर्थिक अवस्थामा पर्याे र बिकास निर्माणका अधिकांश याेजना शिथिल बन्दै गए । सर्वाेच्च अदालतले संसद पुनर्गठन गरेपछि कांग्रेस नेतृत्वमा बनेकाे सरकारले डेढ बर्षमा छिमेकी राष्ट्रसंगकाे सम्बन्ध सुधार लगायत विदेशी लगानी पनि भित्र्याउन सफल भयाे । कांग्रेस नेतृत्वकाे सरकारमा कपिलवस्तु क्षेत्र ३ मा लगभग सय कराेडभन्दा बढीका याेजना संचालनमा छन ।

निर्वाचित भएपछि आफ्नाे क्षेत्रकाे विद्यालयमा शिक्षा र स्वास्थ क्षेत्रमा सुधार , बाटाे घाटाे र पुलपुलेसाे निर्माण , काेराेनाका बेला आवश्यक राहत लगायत यस क्षेत्रका नागरिककाे जनजिवन उकास्न आवश्यक रहेकाे नेपाल-भारत बन्द सिमा समेत खुलाएकाे सांसद शाहले बताउनुभयाे ।काेराेनाका बेला केपी ओलीकाे सरकारले विभिन्न बहाना बनाई सिमामा कडाई गराएर नेपाली जनतालाई सास्ती गराएकाे कुरा कसैले विर्से छैन्न । लकडाउनका बेला हाम्रै क्षेत्रका माैसमी नेताहरु घरकाे दुलाेमा बसेका थिए त काेहि काठमाडौंमा आफ्नाे व्यवसाय चम्काउदै थिए तर शाह परिवार जहिलेपनि जनताकाे सुखदुखमा साथ उभिएको सांसद शाहकाे भनाई छ ।सांसद शाह दुई पटक संविधानसभा सदस्यमा प्रत्यक्ष निर्वाचित हुनुभएका थिए भने हाल नेपाली कांग्रेसबाट क्षेत्र ३ का प्रतिनिधि सभा सदस्य हुन ।

 

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१