ताजा समाचार

प्रहरी उपरीक्षक बस्नेतको सम्पर्कमा अभियुक्त, प्रहरी प्रतिको विश्वास गुम्दै: स्थानीय

  • भदौ २६, २०७९
  • १०८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज २६ भदौ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले ज्यान मार्ने उद्योग लगायत तिन तिन वटा मुद्दामा मुछिएका फरार अभियुक्तलाई संरक्षण गर्दै आएको रहस्य उजागर भएको छ । ज्यान मार्ने उद्योग, चोरी तथा ठगी मुद्दामा समेत मुछिएका फरार अभियुक्तको रुपमा चिनिने धर्मेन्द्र यादवलाई प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले नै ढाकछोप तथा संरक्षण गर्दै आएको बारे रहस्य उजागर भएको हो । स्थानीय तह निर्वाचनको समयमा पार्टीगत विवाद भए पश्चात फरार अभियुक्त धर्मेन्द्र यादवले घरेलु हतियारको प्रयोग गर्दै आक्रमण समेत गरेका थिए । जसका कारण स्थानीय लालबाबु यादव, मन्तोष यादव, संतोष यादव र पण्डित यादव सख्त घाइते बन्न पुगेका थिए भने स्थानीय लालबाबु यादवको टाउकोमा गम्भीर चोट समेत लागेको थियो । घटना पश्चात जिल्ला प्रहरी कार्यालय पर्सामा धर्मेन्द्र यादव सहित करिब ८ जना माथि मुद्धा समेत दर्ता गरिएको थियो ।

तर जिल्ला प्रहरी कार्यालय पर्सामा उजुर दर्ता भएको करिब ४ महिना बितिरहदा समेत प्रहरी उपरीक्षक रमेश बस्नेत आक्रमण गर्ने धर्मेन्द्र यादवलाई ढाकछोप तथा संरक्षण गर्दै आएको बारे रहस्य उजागर भएको छ । प्रहरी कार्यालयको मुद्दा शाखामा उजुर दर्ता भएपनि फरार अभियुक्त भनिएका यादव प्रहरी उपरीक्षक रमेश बस्नेत लगायत जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीको समेत सम्पर्कमा रहने गरेको एक अडियो क्लिपले प्रमाणित गरेको हो । घटना लगतै भारत फरार भएका धर्मेन्द्र यादव केही दिन नबितिदै नेपाल फर्किएको र प्र्हरीकै संरक्षणमा बस्दै आएको बताइन्छ । पर्सा जिल्लाको छिपहरमाई गाउपालिका वडा नम्बर १ भलुवहिया बस्ने लालबाबु राउत(बेतन)का अन्दाजी २५ बर्षिय छोरा धर्मेन्द्र यादव फरार अभियुक्त हुन । नेपालको कानुन अनुसार आफ्नो वुवाको नामबाट नागरिकता लिने प्रावधान रहेपनि कानुनको धज्जि उडाउदै आफ्नै काका महेन्द्र राउत अहिरलाई वुवा बताउदै नागरिकता समेत लिएको खुलासा भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको रेकर्ड अनुसार फरार सुचिमा रहेका धर्मेन्द्र यादव खुल्याम घुमिरहदा प्रहरीले पक्राउ गर्न नसक्नुले समेत संरक्षण रहेको बारे प्रष्टाउछ । नेपालको कानुन अनुसार ज्यान मार्ने उद्योगमा फरार हुने अभियुक्तलाई अपराधी मानिने गरेतापनि त्यसता अपराध गर्ने व्यक्तिलाई ढाकछोप गर्ने प्रहरी उपरीक्षक रमेश बस्नेत माथि गृह मन्त्रालय लगायत नेपाल प्रहरी संगठनका प्रमुख धिरज प्रताप सिंहको ध्यान जानु पर्ने हो । तर पर्सा जिल्लामा हेर्ने हो भने अपराधलाई जनताकै रक्षक मानिने प्रहरी प्रमुखको संरक्षण पाउदा नेपाली जनताको प्रहरी प्रति बोकेको विश्वास गुम्दै गएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤