दलित र पिछडावर्गको मुद्दा उठाउँने उम्मेदवारलाई मत दिन अध्यक्ष उपेन्द्र यादवको आव्हान

  • भदौ २६, २०७९
  • ८८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, २६ भदौ । शासकवर्गको रवैया यस्तै रहियो भने दलित र पिछडावर्ग हजारौ बर्षसम्म अधिकारबाट बंचित रहने जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले बताउँनुभयो । दलित र पिछडावर्गलाई आज पनि अमानवीय व्यबहार, मानवअधिकारको हनन, अवसर र सम्भावनाबाट बंचित गर्ने व्यबहार  समाजमा कायमै रहेको भन्दै अध्यक्ष यादवले नेपालमा अल्पसंख्यक समुदायले नै शासन गर्दै आएको बताउँनुभयो ।पिछडावर्ग महासंघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई शनिबार जनकपुरधाममा उहाँले दलित र पिछडावर्गको मुद्दा उठाउँने  उम्मेदवारलाई मात्रै आफ्नो मत दिन आव्हान गर्नुभयो । मंसिर ४ गते हुने निर्वाचनका लागि गठबन्धन दलबीचमा सम्मानजनक तरिकाले सिटको बाँडफाँट भयो भने यसलाई निरन्तरता दिनुपर्ने पक्षमा आफु भएपनि सम्मानजनक तरिकाले सिटको बाँडफाँट नभए गठबन्धन अगाडि बढन नसक्ने चेतावनी दिँदै उहाँले मधेशको शक्तिलाई कमजोर नठान्न म नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीलाई यहीबाट चेत गराउँन चाहेको बताउँनुभयो । 

मधेश विद्रोह र शहीदको बलिदानीकै कारण एकात्मक र निरंकुश शासन प्रणाली फ्याँकेर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको भन्दै अध्यक्ष यादवले लोकतन्त्र र संघीयताविरोधी शक्ति, विभेदकारी शासक वर्ग आज पनि संघीय गणतन्त्रलाई समाप्त गर्ने खेलमा लागेकोले यसको रक्षा गर्नु पहिलो दायित्व रहेको बताउँनुभयो । समाजमा धेरै प्रकारको विभेद र असमानता विद्यमान रहेको भन्दै उहाँले महिलाप्रतिको असमानता, विभेद र हिंसा अहिले पनि समाजमा जकडिएरको बताउँनुभयो । जाति र भाषा र संस्कृतिको आधारका साथै अरु धेरै आधारमा समाजमा विभेद र असमानता शोषण र उत्पीडन कायम रहेको भन्दै उनले यस्ता विभेद जडबाटै उखालेर नफ्याँकेसम्म शहीदको सपना पूरा गर्न नसकिने उहाँले बताउँनुभयो । नेपालको शासन सत्ता र न्यायपालिकामा एउटै समुदायको बर्चश्व कायम रहेको भन्दै समानतामा अधारित समाज निर्माण गर्न कानूनी रुपमा पिछडावर्गको अधिकार सुनिश्चित हुनुपर्ने हो । यसको लागि लागि एक ठाउँमा उभिन पिछडावर्गलाई उहाँले आग्रह गर्नुभयो ।कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालवावु राउतले प्रदेश सरकारले पिछडावर्गका माग पुरा गराउँन यस बर्ष ५ करोड बजेट विनियोजित गरेको सार्वजनिक गर्नुभयो । पिछडावर्ग महासंघ नेपालका अध्यक्ष भरत महतोका सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्यहरु रामअशिष यादव, चमेलीदेवी दास, जनकपुरधाम उपमहानगरपालिकाका पूर्व नगर प्रमुख लालकिशोर साह, युवा नेता जितेन्द्र यादवसहितले सम्मेलनको सफलताको शुभकामना दिनुभएका थिए ।

प्रतिक्रिया दिनुहोस

स्थानीय तहमा वित्तीय ...

लहान चैत २० । नेपाल सरकारबाट स्थानीय सरकारलाई गरिने वित्तीय हस्तान्तरणलाई अझ प्रभावकारी, पारदर्शी र ...

सहकारी दिवसको अवसरमा ...

वीरगंज २० चैत। ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा को–अपरेटिभ म्यानेजर्स क्लब, पर्सा (सीएमसी)ल ...

वातावरण जोगाउन सांसद ...

​​विनोद अविरल,१९ चैत । बढ्दो इन्धन खपत र वातावरणीय प्रदूषण कम गर्ने सन्देश दिन सिन्धुली क्षेत्र नं. ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१