युवा नेता तथा समाजसेवी प्रदीप दाहालको धार्मिक सांस्कृतिक महत्वका पर्व ईन्द्र पुजामा चासो

  • भदौ २५, २०७९
  • ७०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदाै २५ । वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा मनाइने ईन्द्र पुजा देशका मधेश लगायत अधिकांश भागमा धुमधामका साथ मनाइन्छ । पुराणमा उल्लेख भएनुसार प्राचिन कालमा देवता र असुरहरू ठूलो युद्धको तयारीमा लागे । त्रीदेव र सम्पूर्ण देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर त्यसलाई पूजाआजा गरी इन्द्रलाई हस्तान्तरण गरे । यसरी विभिन्न देवगणले हस्तान्तरण गरेको ध्वजा इन्द्रले समातेकाले त्यस ध्वजालाई 'इन्द्रध्वजा' भनियो । देवासुर संग्राममा देवताहरूको विजय भएपछि इन्द्रध्वज पूजा र समारोहले निरन्तरता पायो । भदौ शुक्लपक्ष चौठी तिथिका दिन प्रत्येक वर्ष मनाईने यो पूजा आकर्षक मूर्तिहरूको स्थापना गरेर पूजा मनाउने चलन रहेको पाइन्छ । इन्द्र पूजाको अवसरमा विभिन्न प्रकारको सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिन्छ । वर्षा एवं सहकालका देवताको रुपमा रहेको इन्द्र पूजाका दिन वर्षा हुने जनविश्वास रहिआएको पाइन्छ । आजभोलिको आधुनिक समाजमा गाउँ टोलमा भगवान इन्द्रको प्रतिमा स्थापना गरेर विधिपूर्वक पूजापाठ गर्नाले समयमा वर्षा हुने र बाली नाली अशल हुने जनविश्वासका साथ यो पूजा धुमधामका साथ मनाइन्छ । ईन्द्र पुजाको अवसरमा नाच गान गर्नाले एकातिर मनोरञ्जन हुने देखिन्छ भने अर्कोतिर भगवान खुशी भई अत्यधिक वर्षा गराउने विश्वासका कारण समाजमा सहयाेग रकम उठाएर पनि निष्ठापूर्वक पूजा गरिन्छ । पहिले पहिले काठमाण्डौमा मात्र सीमित यो पूजा अहिले तराईका जिल्लाहरुमा पनि मनाइन्छ ।

पुजाको अघिल्लो दिन ईन्द्र लगायत अन्य देउताहरुको मूर्ति स्थापना गरेर अस्थायी प्रकृतिका मन्दिर बनाई रातभरि जाग्राम बस्ने चलन रहेको पाइन्छ । सिरहाको धनगढीमाई नगरपालिका वडा न १२ को ठटिया बस्ती स्थित वरपिपलमा स्थानिय युवा नेता तथा समाजसेवी प्रदिप दाहालको अध्यक्षतामा एक पूजा कमिटी गठन गरेर करिब तीन वर्ष पछि ईन्द्र पूजा मनाउने योजना बनाइएको हो । पुजाको अवसरमा उक्त ठाउँमा सरसफाई गरिएको छ भने सांस्कृतिक कार्यक्रमको लागि स्टेज एक दिन अगावै तयारी अवस्थामा राखिएको आयोजक कमिटीका अध्यक्ष प्रदिप दाहालले बताए । स्थानिय बुद्धिजीवी तथा राजनितिज्ञ व्यक्ति पुनम महतोका अनुसार ईन्द्र पुजाको अवसरमा आयोजित कार्यक्रम शान्तिपूर्ण रहनको लागि आफूहरु पूजा स्थलमा खटिएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

मधेशमा लगानी गर्न उद ...

लाहान बैशाख ११ । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आह्वा ...

लहानलाइ उपमहानगरपालि ...

बिरेन्द्र प्रसाद नेपाल लहान,बैशाख । देशकै ठुलो नगरपालिका भएकोले लहानलाइ उपमहानगरपालिका बनाउनुपर्ने ल ...

समुदाय - प्रहरी साझे ...

रहमुल लहान १० बैशाख । अस्ति ७ बैशाखमा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ४ सखुवा अधारभुत बिधालयमा ह ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१