Siraha Times
ताजा समाचार

राजनीतिमा एउटा बाैद्धिक अनुहार

  • भदौ २५, २०७९
  • ११४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिराहा भदाै २५ । नेपाली राजनीतिक इतिहासमा फेरबदल एउटा सामान्य नागरिकले बुझेका विषय हुन् । समयले कोल्टे फेर्दै गर्दा बाैद्धिक व्यक्तित्वको चाहना समाजले गरिरहेका हुन्छन् । राजनीतिक भाषणबाट वाक्क दिक्क भएका जनताको सामु यतिबेला नयाँ अनुहारहरू आफ्ना भावी योजनाका साथ आइरहेका छन् । सिराहा जिल्लाको क्षेत्र न. २ को "ख" बाट प्रदेश सभा सदस्यको लागि सरस्वती मोडल स्कूल कसंहा धनगढीमाई ७ का सन्चालक तथा आदरणीय ब्यक्तिव विष्णु न्यौपाने नेकपा माओबादीबाट सिफारिस हुनु भएको खवरले यतिबेला समाज तरंगित भएका छन् । लामो शैक्षिक ईतिहास बोकेका शैक्षिक बौद्धिक क्षमता भएका समाजसेवी , मृदु भाषी , शालीन छविका धनी , प्रखर वक्ता , समाजमा व्याप्त विकृति विसंगति हटाउन आफ्ना बुलन्द आवाज उठाउने समाजका परिवेश मुताबिक आम युवाहरुको प्रतिनिधित्वको सम्बाहक सिरहाको धनगढीमाई १३ का स्थायी बासिन्दा विष्णु न्यौपाने एक अशल समाजसेवी मानिन्छन् ।

समाजमा सकारात्मक धारणा राख्दै आएका न्यौपाने धनगढीमाई १३ मा वडा कार्यालय बनाउनका लागि आफ्ना जग्गा दान गरेर आम जनतालाई स्थानिय स्तरमा सेवा प्रदान गराउनमा ठूलो योगदान गर्नू भएको छ । विद्यालयका संस्थापक समेत रहेका उनले जेहेन्दार र गरीब ,दलित ,विपन्न लगायतका विद्यार्थीलाई विगत लामो समयदेखि निशुल्क पठन पाठन गराइरहेका छन् । आम अभिभावकका अति प्रिय मानिएका न्यौपानेको राजनीतिक आगमनले आम जनता यतिबेला खुशी भएका छन । चौतर्फी चर्चाका पात्र बनेका उनलाई निर्वाचन अघिदेखि विजयको अग्रिम शुभकामना दिनेहरुको घुइँचो लाग्ने गरेको अवस्था रहेको देखिन्छ । निजी विद्यालय प्यावसंनका जिल्ला अध्यक्ष लगायत केन्द्रिय कमिटी सम्मका पद सम्हाल्दै आएका न्यौपाने विभिन्न संघ संस्था द्वारा बेला बेलामा सम्मानित समेत हुदै आएका छन् । बाैद्धिक जमातमा समेत बाैद्धिक मानिएका न्यौपाने आम जनताको समस्यालाई उजागर गर्न क्षमताबान दूरदर्शी व्यक्ति भएकोले उनको राजनीतिक आगमनले आम जनतामा खुशी छाएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१