Siraha Times
ताजा समाचार

एमाले पार्टीका कसिलो अनुहार रामप्रित

  • भदौ २५, २०७९
  • ११८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिराहा भदाै २४। नेपाली राजनीतिक इतिहासमा सिरहाको धनगढीमाई 13 बाट उदाएका नक्षत्र हुन् रामप्रित राम ।आम जनताको समस्याको बारेमा खरो रुपमा आफ्ना पाईला अघि बढाउँदै आएका राम पूर्व माओबादी वरिष्ट कार्यकर्ता हुन् । प्रचण्ड पथको गलत रवैयाको कारण नेकपा एमाले पार्टीमा प्रवेश गरेका रामको बौद्धिकताको कारण एमाले भित्र एउटा उच्च छवि भएका बाैद्धिक व्यक्तित्वको रूपमा परिचित रहेको पाइन्छ । उनी यतिबेला संघीय निर्वाचनको चुनावी मैदानमा प्रतिनिधि सभा सदस्यको लागि सिराहा जिल्लाबाट दलित प्रतिनिधित्वको रूपमा नंबर एकमा सर्वसहमत सिफारिस हुनुभएको छ ।

उनी पार्टीमा आएपछि नेकपा माओवादीलाई ठूलो धक्का लागेको छ । उनले माओवादीका कार्यकर्तालाई आफ्नो नेतृत्व क्षमताका कारण एमाले पार्टीमा प्रवेश गराउन महत्वपूर्ण भूमिका खेलेको कारण पार्टीभित्र उच्च मूल्याङ्कनका साथ पार्टीका मुख्य जिम्मेवारी दिने गरेको पार्टी निकट स्रोतले जनाएको छ ।रामप्रित रामले नेकपा एमालेबाट प्रतिनिधी सभाका लागि सिफारिश भएको खवरले आम दलित वर्गका अतिरिक्त अन्य वर्ग पनि खुशी भएका छन् । लामो राजनीतिक इतिहास बोकेका रामप्रित रामले जनताको सामूहिक समस्याको बारेमा बारम्बार आफ्ना बुलन्द आवाज उठाउँदै आएका छन् । प्रखर वक्ताका रूपमा परिचित रामको राजनीतिक यात्राले पार्टीभित्र खुशी छाएको अवस्था रहेको पाइन्छ ।

दलित मुक्तिका साथै आम जनताको मुख्य समस्याहरूको पहिचान गरेर सडकदेखि सदनसम्म आवाज उठाउन सक्षम नेताको रूपमा परिचित रामको सिफारिसले आम सिराहाबासी खुशी भएका छन् भने अर्कोतिर धनगढीमाई नगरवासीले आसन्न निर्वाचनमा विजयको लागि अग्रिम शुभकामना ब्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१