धोबिनी र कालिकामाइ गाउँपालिकाका जनप्रतिनिधिहरुलाई भूमि आयोग पर्साद्वारा अभिमुखीकरण

  • भदौ २४, २०७९
  • १०७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया २४ भदौ पर्साको कालिकामाई र धोबिनी गाउँपालिकामा भूमि सम्बन्धी एक दिने अभिमुखीकरण सम्पन्न भएको छ । राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमदको अध्यक्षतामा गाउँपालिकाका जनप्रतिनिधीहरुलाई अभिमुखीकरण दिइएको हो । ‘हाम्रो अभियान भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान हाम्रै पालामा’ भन्ने नारालाई साकार पार्न राष्ट्रिय भूमि आयोग पर्साले अभिमुखीकरणको आयोजना गरेको आयोगका अध्यक्ष अहमदले बताए । भूमिहिन, सुकुम्बासी, दलित एवम् अव्यवस्थित बसोबासीहरुको पहिचान कसरी गर्ने, कसलाई भूमि उपलब्ध गराउने, सूचना कसरी संकलन गर्ने लगायतका बारेमा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमद र आयोगका सदस्य सुरेन्द्र सिंहले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । सोही अवसरमा भूमि सम्बन्धी कामको सहजताका लागि पालिकास्तरीय र वडास्तरीय सहजीकरण समिती गठन गर्ने निर्णय पनि गरिएको छ ।

आयोगका अध्यक्ष अहमदका अनुसार पालिकामा राष्ट्रिय भूमिहिन सेवा केन्द्र सञ्चालन गर्ने निर्णय पनि भएको छ । वडामा सहजीकरण समिती र पालिकामा सेवा केन्द्र स्थापना गर्न कालिकामाई र धोबिनी गाउँपालिका अध्यक्षद्वय क्रमश बशिष्ट कुमार गुप्ता र मदन प्रसाद चौहान पनि सकरात्मक देखिन्छन् । भूमिहिन र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि पालिकाबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाउँदै अध्यक्षद्वयले भूमि आयोगका कामलाई सहयोग गर्ने बताए । अभिमुखीकरणमा नारायण श्रेष्ठ, हिमाल गौतम, कालिकामाई गाउँपालिकाका अध्यक्ष बशिष्ट कुमार गुप्ता, उपाध्यक्ष राजमती बरैनी, पाँच वटै वडाका वडाअध्यक्षहरु व्डा सदस्यहरुको उपस्थिती रहेको थियो । त्यस्तै धोबिनी गाउँपालिकामा पालिका अध्यक्ष मदन प्रसाद चौहान, उपाध्यक्ष मञ्जु देवी, वडाअध्यक्ष, वडा सदस्य लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

किर्ते जालसाजी मुद्द ...

रहमुल लहान  वैशाख ८।सिरहाको  नवराजपुर गाउँपालिका वडा नं. २ का  पूर्व निर्वाचित वडा अध ...

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१