Siraha Times
ताजा समाचार

जसपा नेपालका युवा नेता शिव कुमार साह द्वारा सामुदायिक भवनको शिलान्यास

  • भदौ २४, २०७९
  • १२२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा २४ भदौ जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश परिषद सदस्य शिव कुमार साहले एक समारोहका विच सामुदायिक भवनको शिलान्यास गरेका छन । रु. २५ लाखको लागतमा निर्माण हुने भवन ३ महिना भित्रमा सम्पन्न गर्ने गरि उपभोक्ता समितीले जनाएको छ । जन्ती सहितका गैर शैक्षिक क्रियाकलापहरू विधालयमा नगरि जन्ती सहितका समाजिक कार्यहरू सामुदायिक भवनमा गर्न उद्देश्यले प्रदेश सरकारबाट ग्रामीण क्षेत्रमा सामुदायिक भवन निर्माण कार्य निरन्तर रुपमा जारी रहेको साहले बताए । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका ६ न. वडा लखनपुरमा एक समारोहका विच सामुदायिक भवनको शिलान्यास गर्ने क्रममा बोल्दै मधेसी दलित आदिवासी जनजाति मुस्लिम महिला पिछडावर्गको अधिकारका लागि संघर्ष गर्ने एक मात्र पार्टी जसपा नेपाल रहेको कुरा बताएका छ्न । शिलान्यास कार्यक्रममा वडा अध्यक्ष मुना राउत कमकर, जसपा नेपाल क्षेत्र नं.३ का अध्यक्ष नागेन्द्र यादव, क्षेत्र नं.३ (क) उपाध्यक्ष सिकेन्द्र सहनी, नेता प्रमोद उपाध्याय, रामबाबु साह तेलि लगायत स्थानीय जनप्रतिनिधि, नागरिक सामाजका अगुवा, प्रहरी प्रशासन, पत्रकार एवं स्थानीयको उल्लेखनीय सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१