उनी जुनसुकै ओहोदाका व्यक्ति भए पनि स्वतन्त्र र निष्पक्षरुपमा प्रहरीको अनुसन्धान हुन्छ :एसएसपी बोहोरा

  • भदौ २३, २०७९
  • ९५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं : जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहोराले प्रहरीले कुनै पनि कसूरमा उजुरी आउँदा पीडक भनिएका व्यक्तिको पृष्ठभूमि ख्याल नगर्ने बताएका छन् । उनले जुनसुकै ओहोदाका व्यक्ति भए पनि स्वतन्त्र र निष्पक्षरुपमा प्रहरीले अनुसन्धान गर्ने बताएका हुन् । राष्ट्रिय क्रिक्रेट टिमका कप्तान सन्दीप लामिछाने विरुद्ध मंगलबार जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी परेको छ । यही सन्दर्भमा एसएसपी बोहोराले भने, ‘बलात्कारको मुद्दामा प्रहरी त्यसै पनि संवेदनशील छ, अनुसन्धानमा कुनै पनि कसर बाँकी राखिन्न ।’ उनले पीडितको बयान र जाहेरी दर्खास्तको आधारमा विस्तृत अनुसन्धान हुने बताए । पीडितको विस्तृत स्वास्थ्य परीक्षण समेत भइसकेको बताउँदै उनले भने, ‘अब घटनास्थलको कागज गराएर थप प्रक्रिया अघि बढ्छ ।’ घटनाको अनुसन्धान अहिले जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्तरुपमा भइरहेको उनले बताए । copid

प्रतिक्रिया दिनुहोस

कपिलवस्तु प्राविधिक ...

 अजय मिश्र कपिलवस्तु, पुस ७। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ स्थित कपिलवस्तु प्रा ...

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

आशा किरण केन्द्रको १ ...

वीरगंज ६ पौष । नेशनल मेडिकल कलेज प्रा. लि. र आशा किरण केन्द्रबीच औपचारिक सम्झौता हस्ताक्षर गरिए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१