Siraha Times
ताजा समाचार

उनी जुनसुकै ओहोदाका व्यक्ति भए पनि स्वतन्त्र र निष्पक्षरुपमा प्रहरीको अनुसन्धान हुन्छ :एसएसपी बोहोरा

  • भदौ २३, २०७९
  • १०१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं : जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहोराले प्रहरीले कुनै पनि कसूरमा उजुरी आउँदा पीडक भनिएका व्यक्तिको पृष्ठभूमि ख्याल नगर्ने बताएका छन् । उनले जुनसुकै ओहोदाका व्यक्ति भए पनि स्वतन्त्र र निष्पक्षरुपमा प्रहरीले अनुसन्धान गर्ने बताएका हुन् । राष्ट्रिय क्रिक्रेट टिमका कप्तान सन्दीप लामिछाने विरुद्ध मंगलबार जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी परेको छ । यही सन्दर्भमा एसएसपी बोहोराले भने, ‘बलात्कारको मुद्दामा प्रहरी त्यसै पनि संवेदनशील छ, अनुसन्धानमा कुनै पनि कसर बाँकी राखिन्न ।’ उनले पीडितको बयान र जाहेरी दर्खास्तको आधारमा विस्तृत अनुसन्धान हुने बताए । पीडितको विस्तृत स्वास्थ्य परीक्षण समेत भइसकेको बताउँदै उनले भने, ‘अब घटनास्थलको कागज गराएर थप प्रक्रिया अघि बढ्छ ।’ घटनाको अनुसन्धान अहिले जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्तरुपमा भइरहेको उनले बताए । copid

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१