वीरगंजको माईस्थानमा आलोक ज्वेलर्स सुन चाँदी पसल संचालनमा

  • भदौ २३, २०७९
  • ९०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज २३ भाद्र : नयाँ आधुनिक तथा परम्परागत, गुणस्तरिय, सुपथ मुल्यमा सुन चाँदीका गर गहना तथा सामान उपलब्ध गराउने उद्धेश्यले वीरगंजमा आलोक ज्वेलर्स सुन चाँदी पसल संचालनमा आएको छ । करिब १२ बर्ष सामुहिक सुन व्यवसाय गर्दै आएका वीरगंज ०७ , रामटोल निवासी सागर सर्राफले वीरगंजको माईस्थान स्थित २ नं रोड जाने बाटोमा उक्त ज्वेलर्स संचालनमा ल्याएका हुन् । लामो समय कामको अनुभव, सबै शुभेच्छुक , भाई तथा इष्टमित्रको राम्रो सहयोग हुने विश्वासका साथ आफुहरुले पनि एकल रुपमा नयाँ ढंगले सुन तथा चाँदीको व्यवसायलाई अघि बढाएको संचालक सर्राफले जनाए ।

आफुहरुले पुराना गर गहना साटफेर, खरिद बिक्रि, काँचो सुन किन बेच, २१/२२ क्यारेडको रेडिमेट सामान, चाँदीका भाँडा, पत्थर जडित लगायतका सामानहरु उपलब्ध गराउने भएको उक्त पसलका प्रबन्ध निर्देशक युवा व्यवसायी सागर सर्राफले बताए । प्रत्यक्ष रुपमा हाल २ जना कर्मचारीले रोजगार पाएको उक्त पसलमा अप्रत्यक्ष रुपमा करिब ४ जना आबद्ध भएको उनले जनाए । उक्त पसल संचालन गर्दा हाल करिब २५ लाख रुपैया लगानी भएको ज्वेलर्सले जनाएको छ । आलोक ज्वेलर्सको उदघाटन युवा व्यवसायी सागर सरार्फका आमा बुबाले रिबिन काटेर उदघाटन गरेका थिए। उक्त समारोहमा युवा नेता समाजिक अभियन्ता ओमप्रकाश सरार्फ, वडा न .६ का वडा अध्यक्ष जयप्रकाश साह(अग्रवाल ) , संचारकर्मी रंजित चौरसिया र परिवारका सदस्यहरुको विशेष उपस्थित रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस

नेपाली मुस्लिम डाक्ट ...

रहमुल लहान ९ असार । नेपाली समाजमा स्वास्थ्य क्षेत्रमा क्रियाशील चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको साझ ...

पोखरियाका तत्कालिन अ ...

रंजित चौरसिया,वीरगंज ८ असार । पोखरिया नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार ...

पोखरियाका लेखापाल मन ...

रंजित चौरसिया,वीरगंज ७ असार । पोखरिया नगरपालिकाका लेखापाल मन्दिप महतोको गाउँ देखि वीरगंज सम्म करिब २ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१