ताजा समाचार

कमला नदीमा नेपालकै दोस्रो लामो झोलुंगे पुल निर्माण सुरु

  • भदौ २३, २०७९
  • ११५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिराहा र धनुषाको दक्षिणी क्षेत्रलाई जोड्ने कमला नदीमा नेपालकै दोस्रो लामो झुलुंगे पुल निर्माण सुरु भएको छ। सिराहा नगरपालिका– १३ मल्हनियादेखि धनुषाको जनकनन्दनी गाउँपालिका– ६ कठाल जोड्ने गरी कमला नदीमा करिब एक हजार ५०१ मिटर (१५००.४४ मिटर) लम्बाइको झुलुंगे पुल निर्माण सुरु भएको हो। सपना-उमा एन्ड कं.थानी जे.भी बतीसपुतलीले भ्याटबाहेक २१ करोड ५१ लाख १० हजार ७५३ रुपैयाँमा गत असार १२ मा निर्माण कार्यको सम्झौता सस्पेन्सन बृज डिभिजन ललितपुरसँग गरेको छ। २ वर्षभित्र (११ असार ०८१) भित्र निर्माण पूरा गर्ने गरी सम्झौता गरेको निर्माण कम्पनीले सिराहा नगरपालिका– १३ मा पर्ने कमला नदीमा पायल धसाउने कामको सुरुवात गरेको छ।सस्पेन्सन बृज डिभिजन ललितपुरबाट खटिएका साइट इन्जिनियर उपेन्द्र देवकोटाले मंगलबार १५ मिटर जमिनमुनि पायल धसाउने काम भएको बताएका छन्। ‘हामीले पायल गर्ने काम सुरु गर्याैँ,’ इन्जिनियर देवकोटाले भने, ‘२१ मिटर पायल गर्नुपर्छ। १५ मिटरमुनि ग्राभेल र कोइलाजस्तो कालो आइरहेको छ।’

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤