एच.ए. कहाँ पढ्ने सोच्दै हुनुहुन्छ ? उत्कृष्ट गन्तव्य कपिलवस्तु प्राविधिक प्रतिष्ठान

  • भदौ २२, २०७९
  • ८८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु । पछिल्लो समय प्राविधिक कलेज खुल्ने क्रमसँगै विद्यार्थी तथा अभिभावकको ध्यान प्राविधिक शिक्षातर्फ केन्द्रित हुन थालेका छन् । खासगरी स्वास्थ्य क्षेत्रमा विद्यार्थीहरुको रुची बढ्दै गएको थियो तर सरकारले टी एस.एल.सी. तहका सि.एम.ए., अनमी, ल्याव एसिस्टेन्टका विषय अध्यापनमा रोक लगाएपछि २ वर्ष अघि आफ्नो स्वास्थ्य क्षेत्रमा रुची भए पनि पढ्न नपाएको गुनासो एस.ई.ई. उत्तीर्ण प्रतिमा शर्माकोे थियो । स्वास्थ्य क्षेत्रमा रुची भएर पढ्न नपाएका शर्मा जस्तै विद्यार्थीका लागि शैक्षिक सत्र २०७९/८० का लागि स्वास्थ्य क्षेत्रको एच. ए. प्राविधिक कार्यक्रम अन्तर्गत कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा भर्ना खुलेको जनाएको छ । ४० वटा मात्रै सिमित सिट भएकाले समयमै सिट सुरक्षित गर्न प्रतिष्ठान पिपराले आग्रह गरेको छ । ३ वर्षे कार्यक्रम अन्तर्गत प्रतिष्ठानमा एच.ए. विषयको अध्यापन हुने प्रतिष्ठानका कार्यकारी निर्देशक अरुण कुमार पाण्डेयले जानकारी दिए । पाण्डेले स्वास्थ्य क्षेत्रको प्राविधिक विषय अध्ययन गरेमा विदेशिनु नपर्ने र स्वदेशमै सहजै रोजगार पाइने बताए । पाण्डेले भने हामीले राजनीतिका अनुत्पादक र फाल्तु कुरा गरेर आफ्नो महत्वपूर्ण समय खेर फालिरहेको बताउँदै आफ्नै कमाइ गरेर खाने संस्कृतिको विकास गर्न प्राविधिक शिक्षा अत्यावश्यक रहेको बताए ।

पाण्डेयले हाम्रो अवस्थाको सबैभन्दा जिम्मेवार अहिलेको शिक्षा नै भएको र प्राविधिक शिक्षा र उत्पादनमुखी शिक्षा नभएकै कारण हाम्रो देश विकासमा पछाडि परेकाले आफूले प्राविधिक शिक्षालाई जोड दिँदै प्रतिष्ठानमा स्वास्थ्य क्षेत्र अन्तर्गत प्राविधिक शिक्षाको अध्यनको सुरुवात गरेको तर सरकारकै निर्णयका कारण बीचमा अध्यापन रोकिएको र पुनः संचालनमा आउन लागेको बताए । विद्यार्थीका लागि ‘आइरन गेट’ मानिने एसईई परीक्षा उत्तीर्णसँगै भविष्यमा के गर्ने भन्ने मार्गचित्र तयार गरी स्वास्थ्य क्षेत्रसँग सम्बन्धि प्राविधिक शिक्षा आर्जन गरेमा कोही पनि बेरोजगार बस्न नपर्ने स्वास्थ्यकर्मी मनिषा पौडेल बताउँछिन् ।

के हो ? हेल्थ असिस्टेन्ट सामान्य चिकित्सा (एच.ए.) तीन वर्षे कार्यक्रम

सामान्य चिकित्सामा प्रवीणता प्रमाणपत्र तह (स्वास्थ्य सहायक) कार्यक्रम सि.टि.ई.भी.टी. सँग सम्बद्ध तीन वर्षे शैक्षिक पाठ्यक्रम हो जसले ग्रामीण समुदायलाई स्वास्थ्य सेवामा सहयोग गर्न सक्ने स्वास्थ्यकर्मीहरु उपलब्ध गराउने लक्ष्य राख्दछ । जनरल मेडिसिन ग्रेजुएटले क्यारियर लक्ष्यहरू र परिष्कृत क्लिनिकल योग्यताहरू स्थापित गरेकोले थप अवसर प्राप्त गर्न सक्छन् । जसले स्वास्थ्कर्मीहरुको शैक्षिक क्षमताहरूलाई चुनौती दिन उनीहरूको व्यावसायिक छविलाई मजबुत बनाउँछ ।

पाठ्यक्रमको अवधि ३ वर्ष रहेको हुन्छ भने यसको अध्ययनको लागि योग्यता एस.एल.सी. वा एस.ई.ई.मा अनिवार्य गणित, विज्ञान र अंग्रेजीमा २ जि.पि.ए. ल्याई न्यूनतम सी ग्रेड उत्तीर्ण, वा सि.टि.ई.भी.टी. द्वारा लिइएको प्रवेश परीक्षा उत्तीर्ण हुनुपर्छ । हेल्थ असिस्टेन्ट सामान्य चिकित्सा (एच.ए.) को उद्देश्यहरु ः

सामान्य चिकित्सा कार्यक्रमको उद्देश्य देशको लागि आवश्यक उच्च गुणस्तरीय स्वास्थ्य सेवाहरू प्रदान गर्न स्वास्थ्यकर्मीहरूमा सक्षम र उन्नत ज्ञान र व्यावहारिक सीपहरू उत्पादन गर्नु हो । सामुदायिक स्वास्थ्य समस्याहरू पहिचान र समाधान गर्न योग्यता प्रदान गर्ने । बिरामीहरूको प्राथमिक स्वास्थ्य समस्याहरूको निदान र व्यवस्थापन गर्न आवश्यक आधारभूत ज्ञान र क्लिनिकल सीपहरू प्रदान गर्ने । स्वास्थ्य पोस्ट प्रबन्धकको भूमिकामा आवश्यक नेतृत्व कौशल र व्यावसायिक विशेषताहरू र मनोवृत्ति प्रदान गर्ने । विभिन्न स्वास्थ्य सेवाका काम गर्न आवश्यक ज्ञान र सीपहरू प्रदान गर्ने लगायतका रहेका छन् । प्रतिष्ठानले ल्याव टेक्निसियन, फिजियोथेरापी विषयहरु अर्को वर्षदेखि सिटिइभीटीबाट अनुमति पाउने र ती विषय अध्यापनको लागि प्रतिष्ठान प्रक्रियामा रहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

किर्ते जालसाजी मुद्द ...

रहमुल लहान  वैशाख ८।सिरहाको  नवराजपुर गाउँपालिका वडा नं. २ का  पूर्व निर्वाचित वडा अध ...

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१