Siraha Times
ताजा समाचार

जसपा नेपाल मधेश प्रदेश अधिवेशनको तयारी पूरा, ५ सय बढी प्रतिनिधि सहभागी हुने

  • असोज २६, २०८२
  • ७१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधा, २६ असोज । जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेश अधिवेशनको तयारी पूरा भएको जनाइएको छ ।  सोमबार (भोलि) बाट सुरु हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश अध्यक्ष बालकिशोर प्रसाद यादवले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएका हुन् । पहिलो पटक हुने लागेको एकताको प्रथम अधिवेशनबाट ९ पदाधिकारीसहित ५१ सदस्यीय प्रदेश समिति चयन गरिने अध्यक्ष यादवले बताए । उनले भने, ‘अधिवेशनमा प्रदेशका ८ वटै जिल्लाबाट करिब ५ सय बढी प्रतिनिधि र एक सय पर्यवेक्षक सहभागी हुने छन् ।’ २ सय मा एक जना प्रतिनिधि छनौट गरिएको बताइएको छ ।

उनका अनुसार अधिवेशनले परिवर्तित सन्दर्भमा संविधान संशोधन, जनसंख्याको आधारमा निर्वाचन प्रणाली र अधिकार तथा पहिचानको आन्दोलनको औचित्यलाई थप पुष्टि गर्नेछ । अधिवेशन महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजना हुनेछ । यस अधिवेशनबाट एक जना अध्यक्ष, तीन उपाध्यक्ष, एक मुख्य सचिव, तीन सचिव र एक कोषाध्यक्ष चयन गरिनेछ भने बाँकी १५ प्रतिशत सदस्य पछि मनोनयन मार्फत चयन गरिनेछ । अध्यक्ष यादवले वडा, पालिका र जिल्ला अधिवेशनहरू सम्पन्न भइसकेकाले अब प्रदेश अधिवेशन मार्फत संगठन अझ सुदृढ हुने बताए । अधिवेशनले मधेशको राजनीतिक अधिकार, समावेशी प्रतिनिधित्व र पहिचानको आन्दोलनलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

रितेश शर्मामाथिको कु ...

कपिलवस्तु, असार २९। प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्व ...

मोतिपुरमा ‘घर–घरको श ...

सिराहा, लहान। ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत लहान नगरपालिका–२०, मोत ...

बलान बिहुल गाउँपालिक ...

ओम प्रकाश यादव लहान, असार २६। सप्तरीको बलान बिहुल गाउँपालिकामा स्थानीय तहबाट सञ्चालन हुने विकास आयोज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१