चुनावको छेउमा नेपाल तरुणदल सिरहा अन्योलमा, कांग्रेसी नेता कानमा तेल हालेर मस्त निन्द्रामा

  • भदौ २२, २०७९
  • ११६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नेपाली कांग्रेसका भ्रातृ संगठन नेपाल तरुण दल सिरहामा कुनै समिति वा कार्य समिति नरहेकोले आँउदो चुनाबमा नेपाली कांग्रेसलाई जित्न सकस पर्ने देखिएको सिरहा तरुण दलका युवाहरूले बताएका छन् । "सिरहामा अरु पार्टीहरूको भ्रातृ संघसंगठन मजबुत र समिति बिस्तारमा लागेकोले अन्य पार्टीहरू बलियो देखिन्छन् तर नेपाली कांग्रेसका भ्रातृ संघसंगठनको कुनै कार्यसमिति नरहेकोले चुनाबमा तरुण युवाहरू कसरी अगाडि बढ्ने आफ्नो क्षेत्र वा जिल्लाभर बाट उम्मेदवारी दिएका नेताहरूलाई कसरी जिताउने समस्याहरू रहेको", सिरहाको गोलबजार नगरपालिकाका नगर सचिव शेखर यादवले बताए । कर्जन्हा नगरपालिकाका तरुण दलका नगर अध्यक्ष कृष्ण कुमार सिंह बताउँछन्, जिल्लाका कार्यसमिति बिस्तार नरहेकोले धेरै नै समस्या खेप्दै आएका छौं । नेपाल तरुण दल केन्द्रिय कार्यालय बाट आएको निर्देशन कुनै पनि सिरहामा पालना हुदैन अन्य जिल्लाहरूमा कार्यक्रमको कमी नै हुदैन तर सिरहामा एउटा पनि कार्यक्रम हुदैन, विगत तीन वर्ष देखि कुनै पनि कार्यक्रम तरुण दलका जिल्ला सदस्य तथा युवा नेता अरबिन्द मण्डलले नै गर्दै आएको बताए। हामीलाई तरुण दलको धेरै नै आवश्यक रहेको बताए। तर नेपाली कांग्रेसका नेताहरू कानमा तेल हालेर सुतेको र हाम्रो कुनै पनि कुरालाई वास्ता नगरेको सिंहले जनाएको छ ।

नेपाल तरुणदल सिरहा जिल्ला कार्यसमितिमा तरुण दलका जिल्ला सदस्य समेत रहेका युवा नेता अरबिन्द मण्डलले जनताको साथमा कांग्रेस शुभारम्भ कार्यक्रममा सिरहा तरुण दललाई छिनोफानो गर्न केन्द्र बाट आएका केन्द्रिय सदस्य महेन्द्र राय यादवलाई समेत कार्यक्रम सम्बोधन गर्दै आग्रह गरेका थिए । सो कार्यक्रममा जिल्ला भरिका जनप्रतिनिधि तथा नेताकार्यकर्ताहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता रामसगुन यादवले समेत सिरहा नेपाल तरुणलाई कार्य समित बिस्तार गर्नलाई जिल्ला तथा केन्द्रका नेताहरूलाई आग्रह गरेका थिए । तरुण दल सिरहाका विषयमा नेपाली कांग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई मोबाइल नम्बर ९८१६७४६२०४ मा सम्पर्क गर्न खोज्दा सम्पर्क हुनसकेन। अहिलेको समयमा सिरहा नेपाल तरुणदल अरु भातृ संघसंगठन भन्दा बलियो रहेको तरुण युवाहरू बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस

द्वन्द्व प्रभावित ना ...

रहमुल, लहान, २० चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा द्वन्द्व प्रभावित नागरिकहरूका ...

स्थानीय तहमा वित्तीय ...

लहान चैत २० । नेपाल सरकारबाट स्थानीय सरकारलाई गरिने वित्तीय हस्तान्तरणलाई अझ प्रभावकारी, पारदर्शी र ...

सहकारी दिवसको अवसरमा ...

वीरगंज २० चैत। ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा को–अपरेटिभ म्यानेजर्स क्लब, पर्सा (सीएमसी)ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१