ताजा समाचार

जसपा कपिलवस्तु ३ बाट अशोक यादवको नाम सिफारिश

  • भदौ १९, २०७९
  • १२४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, भाद्र १९ जनता समाजवादी पार्टीको कपिलवस्तु जिल्ला संसदीय निर्वाचन क्षेत्र नं. ३ को क्षेत्रीय समिति भेलाले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पार्टीका प्रदेश अध्यक्ष अशोक कुमार यादवलाई सर्वसम्मत उम्मेदवार चयन गरेको छ । पार्टीको शुक्रबार चन्द्रौटामा सम्पन्न भेलाले सो निणर्य गरेको हो । जसपाले प्रदेशसभा ३ (क) का लागि प्रत्यक्षतर्फ जगदम्बा प्रसाद चौधरी कुर्मी, सत्तीस चन्द्र गुप्ता, प्रमिला चौधरी एवं मिनहज आलम खाँलाई सिफारिस गरेको छ भने प्रदेशसभा ३ (ख) का लागि शिवपुजन यादव, आरती सिंह यादव, अस्लम खान एवं अब्दुल नबाब साहको नाम सिफारिस गरेको छ । त्यसैगरी समानुपातिक तर्फ प्रतिनिधिसभाका लागि रामचरन प्रसाद यादव, तजरुम मेहताब खाँ, सन्तराम तेली, रेखा श्रीवास्तव एवं अब्दुल रहिम खानलाई सिफारिस गरेको छ । समानुपातिक तर्फ नै प्रदेश सभाका लागि पुनम चौधरी, प्रभु यादव, खुर्सीद आलम खाँ, राम किसुन यादव, जगमोहन बरई, साहिदा खातून, चिन्कनी थारुको नाम सिफारिस गरेको छ । त्यसैगरी बैठकले आगामी असोज २ गते निर्वाचन क्षेत्रस्तरीय पार्टी प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निणर्य गरेको क्षेत्रीय अध्यक्ष जगदम्बा प्रसाद चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤